राजपासँग एकीकरण र सरकारमा रहने नरहने बारेमा छलफल गर्दै समाजवादी पार्टी « Khabarhub

राजपासँग एकीकरण र सरकारमा रहने नरहने बारेमा छलफल गर्दै समाजवादी पार्टी


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ समाजवादी पार्टीको संघीय परिषदको बैठक आज बस्दैछ ।

पार्टी एकीकरणपछि पहिलो पटक बस्न लागेको बैठकमा एकता प्रक्रिया टुंग्याउने विषयमा छलफल हुने राजनीतिक समिति सदस्य डा.शिवजी यादवले जानकारी दिए ।

‘बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यो पार्टी एककीकरणपछिको पहिलो संघीय परिषद बैठक भएकाले एकता प्रक्रियाको काम टुंग्याइने छ,’ यादवले भने, ‘अरु राजनीतिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ । विशेषत आजको परिषद बैठकले भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नेछ ।’

परिषदका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठक मुख्यगरी दुईवटा एजेन्डामा केन्द्रीत हुने समाजवादी पार्टीले जनाएको छ । बैठकमा राष्ट्रिय जनता पार्टी राजापासँग पार्टी एकीकरण र केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने वा सरकारमा निरन्तरता दिने भन्ने बिषयमा छलफल हुने समाजवादीका एक नेताले बताए ।

समाजवादीभित्र सरकारबाट बाहिरिनुपर्ने आवाज चर्को रुपमा उठेको छ । राजपाले पनि पनि पार्टी एकीकरण गर्नका लागि समाजवादी पार्टीले सरकार छाड्नु पर्ने सर्त राखेको छ ।

दुई बुँदे सहमति गरेर सरकारमा गएको समाजवादी पार्टीले विगतको सहमति कार्यान्वयन नभएको भन्दै यस विषयमा पनि ठोस छलफल गर्ने जनाएको छ ।

संघीय परिषद बैठकले एजेन्डा तय गरेपछि भोलिदेखि शुरु हुने केन्द्रीय कमिटी बैठक त्यसलाई अनुमोदन गर्नेछ ।

त्यस्तै संघीय परिषदमा छलफल भएर पार्टीको नीति तथा कार्यक्रम पनि पारित गरिने यादवले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : ०८ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री