राजपासँग एकीकरण र सरकारमा रहने नरहने बारेमा छलफल गर्दै समाजवादी पार्टी « Khabarhub

राजपासँग एकीकरण र सरकारमा रहने नरहने बारेमा छलफल गर्दै समाजवादी पार्टी


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ समाजवादी पार्टीको संघीय परिषदको बैठक आज बस्दैछ ।

पार्टी एकीकरणपछि पहिलो पटक बस्न लागेको बैठकमा एकता प्रक्रिया टुंग्याउने विषयमा छलफल हुने राजनीतिक समिति सदस्य डा.शिवजी यादवले जानकारी दिए ।

‘बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यो पार्टी एककीकरणपछिको पहिलो संघीय परिषद बैठक भएकाले एकता प्रक्रियाको काम टुंग्याइने छ,’ यादवले भने, ‘अरु राजनीतिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ । विशेषत आजको परिषद बैठकले भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नेछ ।’

परिषदका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठक मुख्यगरी दुईवटा एजेन्डामा केन्द्रीत हुने समाजवादी पार्टीले जनाएको छ । बैठकमा राष्ट्रिय जनता पार्टी राजापासँग पार्टी एकीकरण र केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने वा सरकारमा निरन्तरता दिने भन्ने बिषयमा छलफल हुने समाजवादीका एक नेताले बताए ।

समाजवादीभित्र सरकारबाट बाहिरिनुपर्ने आवाज चर्को रुपमा उठेको छ । राजपाले पनि पनि पार्टी एकीकरण गर्नका लागि समाजवादी पार्टीले सरकार छाड्नु पर्ने सर्त राखेको छ ।

दुई बुँदे सहमति गरेर सरकारमा गएको समाजवादी पार्टीले विगतको सहमति कार्यान्वयन नभएको भन्दै यस विषयमा पनि ठोस छलफल गर्ने जनाएको छ ।

संघीय परिषद बैठकले एजेन्डा तय गरेपछि भोलिदेखि शुरु हुने केन्द्रीय कमिटी बैठक त्यसलाई अनुमोदन गर्नेछ ।

त्यस्तै संघीय परिषदमा छलफल भएर पार्टीको नीति तथा कार्यक्रम पनि पारित गरिने यादवले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : ०८ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी