दीपकराज गिरीको दाबी: ‘छ माया छपक्कै’ यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म « Khabarhub

दीपकराज गिरीको दाबी: ‘छ माया छपक्कै’ यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरीले गत असोज २४ गते प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ ले यस वर्ष सबैभन्दा बढी कमाइ गरेको बताएका छन् ।

असोज ३ मा प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ३’ लाई पनि यस वर्ष सर्वाधिक कमाउने ब्लकबस्टर फिल्म भएको कबड्डी टिमले दाबी गरेको थियो ।

गिरीका अनुसार ‘छ माया छपक्कै’ वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्र बन्न सफल भएको छ । यद्यपि उनले फिल्मले कति कमाइ गर्‍यो भन्ने चाहिँ खुलाएका छैनन् ।

निर्माण टिम स्रोतका अनुसार फिल्मले १४ करोडको हाराहारीमा व्यापार गरेको छ । यद्यपि नेपालमा अझै पनि कागजी हिसाब देखाइने कारणले गर्दा कति कमाइ गर्‍यो भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन ।

‘भारतबाट हिन्दी फिल्म किनेर ल्याएर नेपाली फिल्मलाई शोहरु कम दिन हलहरुलाई दबाब सिर्जना गर्ने वितरकका कारण हामीले पर्याप्त शोहरु नपाउँदा नपाउँदै पनि ‘छ माया छपक्कै’ यो वर्षकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्न चलचित्र बनेको छ,’ गिरीले भने ।

फिल्मबाट आर्जन गरेको रकमको केही हिस्सा सामाजिक सञ्जालमा लगाइने उनले बताएका छन् । उनले भविष्यमा अझै राम्रो चलचित्र निर्माण गर्ने भन्दै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

फिल्मको कुरा गर्नुपर्दा ‘छ माया छपक्कै’ मा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

राजनीतिक विषयलाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको छ समीक्षा पनि सकारात्मक पाएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : २८ बजे

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई