मधुमेहका रोगीले यस्ता कुरामा ध्यान दिए औषधि खानु पर्दैन « Khabarhub

मधुमेहका रोगीले यस्ता कुरामा ध्यान दिए औषधि खानु पर्दैन


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व मधुमेह दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । विभिन्न अस्पतालले र स्वास्थ्य क्षेत्रसँग सम्बधित संघ संस्थाले मधुमेहबारेको चेतनाका लागि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

खानपान र अस्वास्थ्यकर जीवनशैलीका कारण लाग्ने मधुमेह (डाइवेटिज) को कारण विश्वमा ४१ करोड मानिस पीडित रहेका छन् ।

नेपालको कुल जनसंख्याको १९ प्रतिशत नेपालीहरुमा मुधुमेहको समस्या रहेको चिकित्सकहरु बताउँछन् ।

अस्वस्थ्यकर खानपान र अव्यवस्थित जीवनशैलीका कारण मधुमेह रोगीहरु बढ्दै गएका छन् । मधुमेह नियन्त्रणका लागि खानपान र जीवनशैलीमा नै सुधार ल्याउनुपर्छ ।

मधुमेह भएका वा मधुमेहको उच्च जोखिममा रहेका व्यक्तिले खानपान र जीवनशैलिमा परिर्वतन गर्न सकेमा धेरै हदसम्म मधुमेह नियन्त्रणमा राख्न सकिन्छ । स्वास्थ्यकर जीवनशैली अपनाउँदा मधुमेहका रोगीले औषधि सेवन गर्न नपर्ने अवस्था पनि आउन सक्छ ।

मधुमेहबाट हुने जोखिम नियन्त्रणका लागि सुगर लेभल के खानेकुराले लाग्छ भन्दापनि कति मात्रामा खादा लाग्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । त्यसैले मधुमेहका बिरामीले सुगर कति मात्रामा खानु हुँदैन भनेर ध्यान दिनुपर्छ ।

शरीरलाई कति मात्रामा सुगर आवश्यक पर्छ भन्ने कुरा मानिसको उमेर, उचाई लिङ्ग, तौल, शारीरिक परिश्रम र मानिसले प्रयोग गर्ने औषधिमा निर्भर हुन्छ । त्यसैले मधुमेहका रोगीले डाईटिसियनसँग सल्लाह लिएर खानाको उचित सल्लाह लिनुपर्छ ।

मधुमेहका रोगीले यस्तो कुरामा ध्यान दिनुस्

खानपानमा रेसादार वा खस्रो प्रकारका बस्तुहरु दैनिक रुपमा समाबेस गर्ने । मधुमेहको उच्च जोखिममा रहेका व्यक्तिले कार्बोहाईड्रेट बढीमात्रामा पाईने वस्तुहरुको प्रयोग कम मात्रामा गर्नुपर्छ ।

अन्नजन्य वस्तु, आलु, तरुल, पीँडालु, सखरखण्ड जस्ता अत्याधिक कार्बोहाईड्रेटको मात्रा भएको खाना ठीक मात्रामा खाने ।
मैदाजन्य परिकारले सुगर लेभल चाँडो बढाउने भएकाले यस्ता वस्तु प्रयोग कम गर्ने ।

मधुमेहका रोगीले यी खानेकुरा प्रशस्त खान सकिन्छ

सादा सलाद जस्तै काँक्रो, मुला, गाँजर, गोलभेडा, प्याज आदि।
सागसब्जी वा सागसब्जीको सुप, पातलो मही, कागती पानी, मधुमेहका रोगीले ध्यान दिनुपर्ने कुरा, खाना पकाउँदा तेलको प्रयोग कम गर्ने अर्थात चिल्लो कम गर्ने ।

बोसो भएको मासु, भित्री अंगको मासु जस्तै कलेजो, मुटु, फोक्सो आदि नखाने ।

तेलमा फ्राइ गरेको वा धेरै तेल हालेर बनाको परिकार जस्तै पुरी, पकौडा, डोनट, सेल, समोसा, आलुचिप्स, तारेको पापड, तेलमा डुबाएर बनाइएका अचार, आदि नखाने ।

चिनी तथा चिनीजन्य खानेकुरा जस्तै चकलेट, ग्लुकोज, जाम, केक, आइसक्रिम, मह, चाकु, सक्खर, गुलियो बिस्कुट आदि नखाने ।
ताजा फलफुलबाहेक टिनमा बन्द फलफुल तथा फलफुलका जूसहरु नखाने ।

हल्का पेय पर्दाथ जस्तै कोकाकोला, पेप्सी, फेन्टा, स्प्राइट आदि नखाने ।

मादक तथा सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने ।

आफ्नो जीवनशैलि, खानपानलाई परिवर्तन गर्ने ।

दैनिक शारीरिक व्यायाम गर्ने ।

एउटै समयमा खाने बानीगर्ने ।

खानपान फेरबदल गरेर खाने ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : ३२ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी