महाभियोग प्रस्तावअन्तर्गतको सार्वजनिक सुनुवाइ ठट्टा भएको ट्रम्पको भनाइ | Khabarhub Khabarhub

महाभियोग प्रस्तावअन्तर्गतको सार्वजनिक सुनुवाइ ठट्टा भएको ट्रम्पको भनाइ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आफूविरुद्ध प्रस्तुत गरिएको महाभियोग प्रस्तावअन्तर्गत अघि बढाइएको पहिलो सार्वजनिक सुनुवाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठट्टाको सङ्ज्ञा दिएका छन् ।

उक्त सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताएका थिए ।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उक्त सुनुवाइलाई ठट्टाको सङ्ज्ञा दिए ।

उनले भने, “मैले एक मिनेट पनि त्यसलाई हेरेको छैन। किनभने म त्योभन्दा महत्त्वपूर्ण कामअन्तर्गत भेटघाटमा थिए । त्यहाँ भनिएका सबै कुरा बनावटी हुन्। त्यो अघि बढ्न दिनु हुँदैनथ्यो ।”

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिन अमेरिकी सहायता रोकेको आरोप लागेको छ ।

जो बाइडन अमेरिकाका उपराष्ट्रपति हुँदा सन् २०१४ बाट उनका छोराले युक्रेनी ऊर्जा कम्पनीमा काम गरेका थिए ।

आफ्नो विस्तृत सम्बोधनका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले राष्ट्रपति ट्रम्प भूतपूर्व उपराष्ट्रपति बाइडनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने विषयमा बढी केन्द्रित रहेको आफ्ना एक सहयोगीलाई बताइएको जनाएका थिए ।

उनका अनुसार राष्ट्रपति ट्रम्पले बाइडनमाथि हुने भनिएको अनुसन्धानका विषयमा सोधपुछ गरिएको टेलिफोन संवाद ती कर्मचारीले छेउमा बसेर सुनेका थिए ।

यदि यी दुईमध्ये कुनै एक व्यक्तिले टेलरको भनाइलाई समर्थन गरे भने ट्रम्पको बचाउमा आइरहेका तर्कहरू कमजोर बन्नेछन्।

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार पहिलो सुनुवाइले डेमोक्र्याटहरूलाई प्रसन्न बनाएको छ र राष्ट्रपतिको सहयोगी समूहका सामु नयाँ टाउको दुखाइका विषयहरू प्रस्तुत गरिदिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ११ : ५१ बजे

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’