नेपालमा मधुमेहका बिरामीको संख्या ९.१ प्रतिशत, बच्चालाई सानैदेखि धेरै खाना खुवाउँदा जोखिम « Khabarhub

नेपालमा मधुमेहका बिरामीको संख्या ९.१ प्रतिशत, बच्चालाई सानैदेखि धेरै खाना खुवाउँदा जोखिम


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मधुमेह दिवस । प्रत्येक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ । मधुमेह रोग अग्न्याशय अर्थात् प्यान्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन उत्पादन नगर्दा वा शरीरका कोषहरूले इन्सुलिनलाई उचित प्रतिक्रिया नदिँदा हुन्छ ।

गत चार दशकमा संसारभरि मधुमेहका रोगीहरू चारगुणाले बढेका छन् ।

मधुमेह रोग विशेषज्ञहरुले पछिल्लो समय नेपालमा कम उमेरमै मधुमेह हुने बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउँछिन् ।

मधुमेह रोग विशेषज्ञ डाक्टर ज्योति भट्टराईले नेपालमा कम उमेरमै मधुमेह हुने बिरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताइन् । उनका अनुसार खानेकुरामा सानै बेलादेखि ध्यान नदिँदा र पर्याप्त व्यायाम नगर्दा पनि यो रोग लाग्न सक्ने जोखिम बढ्न सक्छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा मधुमेहका बिरामीको सङ्ख्या ९.१ प्रतिशत देखिएको भन्दै यसबारे सचेत रहनुपर्ने अवस्था आइसकेको उनले बताइन् ।

डाक्टर भट्टराईले भनिन् “भारतमा पनि ८.४ प्रतिशत जनसङ्ख्यामा मधुमेह देखिएको छ, अमेरिकामा पनि लगभग त्यस्तै छ। हाम्रोमा चाहिँ बढी हुनु भनेको आफैँमा ठूलो समस्या हो ।”

पछिल्लो समय कम उमेरमै मधुमेहका बिरामीको सङ्ख्या धेरै हुन थालेकाले त्यसबाट जोगिनको लागि बालबालिकालाई ‘जङ्क फूड’ को साटो प्राकृतिक कुरा खान दिने र मोबाइल तथा कम्प्युटर कम चलाउन दिनुपर्ने उनको भनाइ छ । त्यसबाहेक बच्चालाई धेरै खानेकुरा कोच्याएर खुवाउने गरिएकाले पनि पछि गएर मधुमेहको जोखिम रहने उनले बताइन् ।

उनी भन्छिन्, “तीस वर्षपछि अनिवार्य वर्षमा एक पटक लक्षण नै नभए पनि डाक्टरलाई देखाउनुपर्छ। त्यसबाहेक मुख सुक्खा भएमा, आँखा धमिलो भएमा, वजन घट्दै गएमा, पिसाब लागिरहने समस्या भएमा, घाउ निको नभएमा उपचार गर्न जानुपर्छ,” डाक्टर भट्टराईले भनिन्।

बेलैमा उपचार नभए मधुमेहका कारण आँखा नदेख्ने, मिर्गौला रोग, मुटुरोग लाग्ने, पक्षाघात हुने, खुट्टा काट्नुपर्ने जस्ता जटिलताहरू आउने उनले बताइन्।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १२ : ०० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा