२२ वर्षअघि हराएका व्यक्तिको अवशेष गुगल म्याप्सले फेला पार्‍यो « Khabarhub

२२ वर्षअघि हराएका व्यक्तिको अवशेष गुगल म्याप्सले फेला पार्‍यो


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष गुगल म्याप्समार्फत फेला परेको छ । ति व्यक्तिको अवशेष डुबेको गाडीमा फेला परेको हो ।

विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए । त्यतिबेला उनी ४० वर्षका थिए । एउटा नाइट क्लब गएका उनी घर फर्केनन् ।  लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेपनि त्यो प्रभावकारी रूपमा अघि बढ्न सकेन ।

२२ वर्षपछि यसै वर्षको अगस्ट महिनामा प्रहरीलाई वेलिङ्गटनको मुन बे सर्कलस्थित एउटा तालमा डुबेको अवस्थामा गाडी रहेको खबर आयो ।

गाडी पानीबाट निकालिएपछि त्यसमा मानव कङ्कालको अवशेष फेला पर्‍यो । त्यसको एक हप्तापछि उक्त अवशेष विलियम मोल्डको रहेको पहिचान भएको थियो ।

सफल रूपमा छानबिन हुन नसकेका घटनाहरूको विवरण राख्ने चार्ली प्रोजेक्ट नाम गरेको एउटा अनलाइन डेटाबेसका अनुसार एकजना सम्पत्ति सर्वेक्षणकर्ताले गुगल अर्थको प्रयोग गरिरहेका बेला उक्त गाडी देखेका बीबीसीले जनाएको छ ।

“आश्चर्यजनक रूपमा गुगल अर्थको स्याटलाइट तस्बिरमा सन् २००७ देखि एउटा गाडी देखिएको थियो। तर सन् २०१९ सम्म त्यसलाई कसैले पनि याद नगरेको देखिन्छ,” चार्ली प्रोजेक्टको रिपोर्टमा भनिएको छ।

गुगल म्याप्समा अझै पनि चाँदी रङ्गको गाडी तालमा डुबेको देख्न सकिन्छ । पामबिच काउन्टीका एकजना अधिकारीले विलियम मोल्डले गाडीमाथि नियन्त्रण गुमाएका कारण गाडी तालमा पुगेको हुनसक्ने अनुमान लगाइएको बीबीसीलाई बताए ।

यसअघि गरिएका प्रारम्भिक अनुसन्धानका बेला गाडी डुबेको हुनसक्ने भन्ने विषयमा कुनै पनि किसिमको प्रमाण फेला परेको थिएन।

हालसालै पानी चलायमान भएपछि गाडी देखा परेको अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १२ : १९ बजे

२५ सय सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र