‘पासवर्ड’ बनाएको ब्यानरले फिल्म वितरण पनि गर्ने « Khabarhub

‘पासवर्ड’ बनाएको ब्यानरले फिल्म वितरण पनि गर्ने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय अभिनेत्री सन्नी लियोनीलाई एक गीतमा अभिनय गराएर धेरथोर चर्चा कमाएको फिल्म ‘पासवर्ड’ टिमले अब नेपालमा फिल्म वितरणको समेत जिम्मा लिने भएको छ । एबी इन्टरनेशनलले वर्षमा दुई निर्माणसँगै वितरणमा हात हालेको हो ।

यो ब्यानरमा निर्माण भइरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ यसै वर्ष रिलिज हुँदैछ । यसअघि रिलिज भएको ‘पासवर्ड’ हलबाट पत्तासाफ भएको थियो ।

अब भने एबी इन्टरनेशनलले हिन्दी फिल्म ‘मरवाजा’ लाई नेपालमा वितरणसँगै वितरकका रुपमा समेत आफ्नो परिचय बनाउनेछ । एबी इन्टरनेशनलले बुधवार एक विज्ञप्ति जारी गर्दै वितरणमा कदम राखेको जनाएको हो ।

एबी इन्टरनेशनलका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीसँगै विदेशी फिल्म समेत वितरण गर्दै आम दर्शकमाझ विश्वस्तरीय मनोरञ्जनको पहुँच पुर्‍याउने यहाँहरुलाई जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  २ : ०९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले