विद्यार्थीलाई गोडा मालिस गर्न लगाउने महिला शिक्षकलाई ५ वर्ष कैद सजाय « Khabarhub

विद्यार्थीलाई गोडा मालिस गर्न लगाउने महिला शिक्षकलाई ५ वर्ष कैद सजाय


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विद्यार्थीहरुलाई आफ्नो खुटा (गोडा) मालिस गर्न लगाउने महिला शिक्षकलाई ५ वर्षको सजाय सुनाइएको छ ।

यो घटना भारतको हो । भारतीय राज्य महाराष्ट्रको मलकापुरस्थित मूक बधिर स्कूलमा कार्यरत सरकारी शिक्षक शीतल अवचारलाई अदालतले ५ वर्ष कैद र ३० हजार भारतीय रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

सन् २०१३ मा शीतलले एक जना छात्रलाई आफ्नो गोडा मालिस गर्न लगाइरहेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि उनलाई तत्काल निलम्बन गरिएको थियो । पछि, विद्यालय प्रशासनले शीतलविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो ।

अदालतले करिब ६ वर्षपछि उक्त प्रकरणमा आफ्नो फैसला सुनाएको हो ।

मुद्दाको पुर्पक्षका क्रममा अदालतले पीडित विद्यार्थीहरुको समेत बयान लिएको थियो । विद्यार्थीहरुले शीतलले आफ्नो खुट्टा मालिस गर्न लगाउने गरेको र मालिस गर्न नमाने यातना दिने गरेको बताएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  २ : ५३ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी