बालबालिकामा इन्टरनेटको लत बस्दै, मानसिक रोगी हुन नदिन यसो गर्नुहोस् « Khabarhub

बालबालिकामा इन्टरनेटको लत बस्दै, मानसिक रोगी हुन नदिन यसो गर्नुहोस्


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पहिला–पहिला अभिभावकहरु आफ्नो बच्चा तथा किशोर सन्तानलाई कुनै पनि नशाको लतबाट बचाउन रात दिन चिन्तित हुने गर्थे । तर अहिले समय परिवर्तन भएको छ । अहिलेका अभिभावकहरु आफ्ना बच्चालाई इन्टरनेटको लतबाट बचाउन हर प्रयास गरिरहेका हुन्छन् ।

अहिले बच्चाहरुमा इन्टरनेटको नशा यति चढ्न थालेको छ कि उनीहरुलाई उपचार तथा परामर्श नै गर्नु पर्ने अवस्था आउन थालेको छ ।

एक अध्ययनका अनुसार ८ देखि १२ वर्ष उमेरका बच्चाले हरेक दिन औसतमा ४ घण्टा ४० मिनेटसम्म इन्टरनेटमा समय बिताउने गरेका छन् । किशोर उमेरकाहरुमा यो लत अझ बढी रहेको तथ्यांकले देखाएको छ । किशोरहरु दैनिक ७ घण्टा २२ मिनेटसम्म इन्टरनेटमा समय बिताउने गर्छन् ।

मानसिक रोगको शिकार बन्दै

अध्ययनका अनुसार विद्यालय तथा गृहकार्यका लागि बच्चाले बिताउने समय यसमा सामेल गरिएको छैन । जसका कारण बच्चाहरु मानसिक रोगको शिकार बन्दै गएका छन् । इन्टरनेटको प्रयोग धेरै जसो शहरी क्षेत्रका बालबालिकाले गर्ने गरेका छन् ।

एक अध्ययनअनुसार अधिकांश बालबालिका टिभी, स्मार्टफोन तथा अन्य कुनै न कुनै ग्याजेट्सका साथ समय बिताइरहेका हुन्छन् । भिडियो हेर्नका लागि बालबालिकाले दैनिक कम्तिमा एक घण्टा समय बिताउने गरेका छन् ।

१० मा ९ अभिभावकको चाहना  

एक अध्ययनअनुसार ८३ प्रतिशत बुवाआमाले आफ्ना छोराछोरी प्रविधिको प्रयोग गर्न जानुन् भन्ने चाहन्छन् । तर त्यो लतमा परिणत होस् भन्ने चाहिँ होइन । यद्यपि, १० जनामा ९ जना अभिभावक बच्चाले इन्टरनेटमा समय बिताएको मन पराउँदैनन् । उक्त समय मानिसहरुसँग भेटघाट तथा खेलकुदमा बिताउँन् भन्ने चाहन्छन् ।

कसरी छुटाउने लत

विशेषज्ञका अनुसार बालबालिकाको रेखदेख तथा उनीहरुको साथमा समय बिताउने हो भने इन्टरनेटको लत छुटाउन सकिनेछ । यदि यही लतका कारण बालबालिका मानसिक रोगी भएमा चिकित्सकसँग उचित परामर्श लिन आवश्यक हुनेछ ।

यस्तै बालबालिकालाई अन्य क्रियाकलापमा सक्रिय बनाउनाले पनि यस किसिमको लतबाट छुट्याउन सकिने बाल विशेषज्ञहरुको सुझाव छ ।
यसका साथै अभिभावक स्वयम पनि बालबालिकाको अगाडि मोबाइलबाट टाढा रहनुहोस् । बुवाआमाबाट नै बच्चाले पनि हरेक कुरा सिक्ने भएकाले अभिभावक स्वयम् सचेत हुन आवश्यक छ । उनीहरुलाई घर बाहिरको गतिविधिमा सामेल गराउनु उचित हुनेछ ।

बालबालिकाको आनीबानी सुधारमा बुवाआमा तथा परिवारका अन्य सदस्यको पनि अहम भूमिका रहन्छ । त्यसैले उनीहरुलाई मोबाइल जस्ता ग्याजेट्सबाट टाढा राख्न धार्मिक कथा तथा पुराना किस्साहरु सुनाउने गर्नुहोस् ।

उनीहरुलाई यस्तो कथा तथा किस्सा सुनाउनुहोस्, जसले बच्चालाई प्रोत्साहित गरोस्, पारिवारिक सम्बन्धलाई अझ बलियो बनाओस् ।
बालबालिकालाई सिर्जनशील बनाउन गीत, संगीत, नृत्य तथा कला जस्ता सोखमा प्रोत्साहित गर्नुहोस् । यस्ता कुराले बालबालिकालाई भावनात्मक रुपबाट विकसित गर्न सबैभन्दा सशक्त भूमिका खेल्नेछ ।

यस्तै बालबालिकाका तथा किशोर उमेरकाहरुको दिमाग ज्यादै कोमल हुन्छ । त्यसैले राम्रो नराम्रो कुनै पनि बानी उनीहरुले चाडै सिक्न सक्छन् । यस्तो अवस्थामा उनीहरुलाई आर्ट एण्ड क्राफ्टमा संलग्न हुन उत्साहित गर्नुपर्दछ ।

यसले गर्दा उनीहरुमा रचनात्मक काम गर्ने क्षमतालाई वृद्धि गर्दछ । साथै उनीहरुमा नयाँ दृष्टिकोढा विकसित हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ४ : ३८ बजे

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ

मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन