ट्रम्प र सीबीच टेलिफोन वार्ता « Khabarhub

ट्रम्प र सीबीच टेलिफोन वार्ता


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेको छन् ।

वार्तामा सीले बुसान बैठकपछि चीन–अमेरिका सम्बन्ध स्थिर रूपमा सकारात्मक दिशामा अघि बढिरहेको बताएका थिए । उनका अनुसार दुवै देश र अन्तर्राष्ट्रिय समुदायले यो अवस्थालाई स्वागत गरेका छन्। चीन–अमेरिका सहकार्य दुवैका लागि लाभदायी हुने र टकरावबाट दुवैले क्षति भोग्ने कुरा फेरि एकपटक प्रमाणित भएको उनले स्पष्ट गरे।

उनका अनुसार दुवै देशले बराबरी, सम्मान तथा पारस्परिक लाभको आधारमा वर्तमान सकारात्मक गतिलाई कायम राख्दै सहकार्यका क्षेत्र विस्तार गर्नुपर्छ । समस्या सूचीलाई न्यून बनाउँदै लैजानु पर्ने र यसबाट दुवै देशका जनतासहित विश्व समुदायले प्रत्यक्ष लाभ पाउने उनले स्पष्ट गरे।

वार्ताका क्रममा राष्ट्रपति सीले ताइवानसम्बन्धी चीनको कठोर र दीर्घकालीन धारणा पनि पुनः दोहोर्याए। ताइवानको चीनमा पुनःएकीकरण दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण हिस्सा भएको उनले बताए।

चीन र अमेरिका दुवैले फासिवाद र सैन्यवादविरुद्ध एकै मोर्चामा लडेको इतिहास स्मरण गर्दै उनले हालको भू–राजनीतिक परिस्थितिमा विश्वयुद्धपछिको व्यवस्था जोगाउन संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ५५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित