भारत यु–२३ सँग नेपाली क्रिकेट टोली पराजित « Khabarhub

भारत यु–२३ सँग नेपाली क्रिकेट टोली पराजित


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको हो । बंगलादेशको कृरा शिक्खा मैदानमा नेपालले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जितमा शनबिर सिंह र अर्मान जाफरले अर्धशतक पुरा गरे ।

शनबिरले ५६ रनको योगदान गर्दा अर्मानले अविजित रहदै ५१ रन बनाएका थिए । यस्तै बेलुर रभी सरथले ४९ र आर्यन जुएलले २९ रन बनाए ।

भारतविरुद्ध नेपालका करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले समान १–१ विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर मात्रै १९३ रन बनाएको थियो ।

नेपालका लागि पवन शरार्फले ४९ बलमा ५६ रनको योगदान गरे ।

जसमा शरार्फले सर्वाधिक रन बनाउँदा शरद भेषावकरले ४४, ओपनर कुसल भुर्तेलले २८, उपकप्तान दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए ।

यस्तै, करण केसीले २० रन बनाउँदा ६ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भारतविरुद्ध कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल शुन्यमै आउट हुँदा टोली केही दबाबमा परेको थियो ।

नेपालविरुद्ध भारतका सौरभ दुवेले ४ विकेट लिँदा यस राथौडले ३ विकेट लिए । यस्तै, पार्थ राखेडेले २ तथा सिदार्थ देशाइले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : २१ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ