भारत यु–२३ सँग नेपाली क्रिकेट टोली पराजित « Khabarhub

भारत यु–२३ सँग नेपाली क्रिकेट टोली पराजित


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको हो । बंगलादेशको कृरा शिक्खा मैदानमा नेपालले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जितमा शनबिर सिंह र अर्मान जाफरले अर्धशतक पुरा गरे ।

शनबिरले ५६ रनको योगदान गर्दा अर्मानले अविजित रहदै ५१ रन बनाएका थिए । यस्तै बेलुर रभी सरथले ४९ र आर्यन जुएलले २९ रन बनाए ।

भारतविरुद्ध नेपालका करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले समान १–१ विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर मात्रै १९३ रन बनाएको थियो ।

नेपालका लागि पवन शरार्फले ४९ बलमा ५६ रनको योगदान गरे ।

जसमा शरार्फले सर्वाधिक रन बनाउँदा शरद भेषावकरले ४४, ओपनर कुसल भुर्तेलले २८, उपकप्तान दिपेन्द्र सिंह ऐरीले २४ रन बनाए ।

यस्तै, करण केसीले २० रन बनाउँदा ६ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । भारतविरुद्ध कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल शुन्यमै आउट हुँदा टोली केही दबाबमा परेको थियो ।

नेपालविरुद्ध भारतका सौरभ दुवेले ४ विकेट लिँदा यस राथौडले ३ विकेट लिए । यस्तै, पार्थ राखेडेले २ तथा सिदार्थ देशाइले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : २१ बजे

पानी बोकेरै जवानी गयो…

कालिकोट– देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविच्छिन्न बगिरहेको छ

लामो समयदेखि रोकिएको दूधको चार अर्ब भुक्तानी 

काठमाडौं– लामो समयदेखि रोकिएको किसानको दूधको करिब चार अर्ब रुपैयाँ

एमालेका महाधिवेशन प्रतिनिधिको अद्यावधिक अन्तिम चरणमा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरूको कति ?

काठमाडौं– पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य ओरालो लागेको छ ।