कसरी राख्ने वाइफाईको पासवर्ड सुरक्षित ? | Khabarhub Khabarhub

कसरी राख्ने वाइफाईको पासवर्ड सुरक्षित ?


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाइफाई एउटा ताररहित रेडियो वेब प्रविधि हो । जसका माध्यमबाट इलेक्ट्रोनिक डिभाइसहरुले वेब एउटाबाट अर्कोमा आदान–प्रदान गर्छन् ।

प्रविधिको विकाससँगै वाइफाई मानिसको आवश्यकता बन्दै गएको छ । तसर्थ, पछिल्लो समयमा वाइफाई चोरी हुने भइराखेको हुन्छ । यसबाट बच्न वाइफाईको पासवर्डलगायत केही कुरामा ध्यान दिन आवश्यक छ ।

वाइफाईको पासवर्ड सुरक्षित राख्न ध्यान दिनु पर्ने कुराहरु

१. पासवर्ड कम्तीमा पनि आठ अक्षरभन्दा बढीको राख्नुहोस् । जसमा अंक, अक्षर, सिम्बोल आदि मिलाउनुहोस । यस्तो हुँदा ह्याकरले सजिलै पत्ता लगाउन सक्दैन ।

२. राउटरको डिफल्ट सेटिङ गर्नुहोस् । सामान्यतया नेटवर्कले सेटिङ मिलाउँदा सामान्य पासवर्ड र आफ्नै नाम राखिदिएको हुन्छ । यसो गर्दा अनधिकृत प्रयोगकर्ताले सजिलै पासवर्ड पत्ता लगाउन सक्छन् ।

३. एसएसआइडी प्रसारण बन्द गर्नुहोस् । यसले तपाईंको नेटवर्क एरियामा भएका अन्य डिभाइसलाई सूचना दिने गर्छ ।

४. एमएसी एड्रेस कोड प्रयोगमा ल्याउनुहोस् । यसको सहायताबाट तपाईंले अनुमति दिएको डिभाइसमा मात्र नेटवर्क कनेक्ट गर्न सकिन्छ ।

५. राउटरमा भएको फायरवाल इनेबल गर्नुहोस् । जुन प्रायः डिसेबल हुन्छ । त्यस्तै, हरेक डिभाइसमा कनेक्ट गर्दा छुट्टाछुट्टै रुपमा इनेबल गर्न सकिन्छ । यसले तपाईको नेटवर्क पूर्ण रुपमा सुरक्षित हुन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ३५ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक