दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ । त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१झ ४३२ नं को जीप बडाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

गम्भीर घाइते त्रिवेणी गाउँपालिका–४ फलावाङका ६० वर्षीया कृष्णदेवी परियार र सोही ठाउँका ५९ वर्षीया यज्ञी थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा जीप चालक फलावाङका २८ वर्षीय सन्दीप परियार, सोही ठाउँका २३ वर्षीया रीता रावत, ८ वर्षीया ज्योति रावत, २३ वर्षीया मोती रावत, ५५ वर्षीया सावित्रा खत्री, २२ वर्षीया तारा थापा, २१ वर्षीया राधा बोहरा र दाङको तुलसीपुर उपमहानगरपालिकाकी २८ वर्षीया दिला बुढा छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै