राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी « Khabarhub

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज राजकुमार विकले चित्रकलामार्फत सहअस्तित्वको खोजी गरेका छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा आज काठमाडौँमा कलाकार विकले एकल चित्रकला प्रदर्शनीमार्फत ‘सह–अस्तित्व’को खोजी गरेका हुन् ।

प्रतिष्ठानको सभाहल नक्सालमा सहअस्तित्व नामक प्रदर्शनीको नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य हरिप्रसाद भुसाल र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे। प्रतिनिधिसभा सदस्य भुसालले आफू पनि कला क्षेत्रसँगै जोडिएको व्यक्ति भएकाले समाजसँग जोडिएको विषय आफैँमा महत्वपूर्ण रहेको बताए।

उनले प्रदर्शनीमा राखिएका कलामा रङ र आकृति मात्र नभई मानवीय आवाज, संवेदना प्रकट भएको बताए । 

प्रदर्शनीमा राखिएका कलाकार विकका चित्रहरू जातीय विभेदविरुद्धको सशक्त आवाज बनेर उभिएको उनको भनाइ छ । चित्रमा दलित समुदायमाथि हुने थिचोमिचो, उनीहरूका पेसा र जीवनशैलीहरु समावेश छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकार राजकुमार विकले समाजमा छुवाछूतविरुद्धको अनुभूतिगत भाव सन्देशात्मक अभिव्यक्ति आफ्ना चित्र, रचनाहरूमा गरेको बताए।

उनले विकले विभेदको मुद्दालाई आफ्नो विषय बनाएर सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि कलात्मक विद्रोहको अभियान आफ्ना रचनाहरूमा थालेको धारणा राखे।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले हाम्रा मौलिक, रैथाने शिल्पज्ञान कला, सीप सिर्जनालाई प्रवद्र्धन तथा संरक्षण गर्न अपरिहार्य रहेको बताउँदै राजकुमार विकका कलामा मौलिकताका साथ प्रकृति, संस्कृति तथा समाजको चित्रण भएको बताए।

उनले समाजमा उत्पीडनमा परेका समुदायका विषयलाई केन्द्रीकृत गर्दै सामाजिक जागरण, सचेतना विषयलाई राजकुमार विकले आफ्नो कलामा उठाएको धारणा राखे । 

कलाकार राजकुमार विकले कलाको विषयगत धरातलमा शोषित तथा उत्पीडित समुदायका कथा र अनुभूतिलाई रङ र ब्रसका माध्यमबाट क्यानभासमा जीवन्त बनाउँदै यस प्रदर्शनीमार्फत श्रमचेतना, सामाजिक जागरण र सचेतनालाई अझ सशक्त ढंगबाट उठान गरेको बताए।

प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको सन्दर्भ पारेर यस किसिमको कार्यक्रम गरिनुले समाजमा सहअस्तित्व र समानताका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रतिष्ठानका लुम्बिनी प्रदेश समन्वय समिति संयोजक तथा मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावलाई जोड्दै कार्यक्रम आयोजना गरिएको बताए । 

सामाजिक सचेतनामा यस कार्यक्रमले विशेष अर्थ राख्ने विचार राखे। पूर्वसचिव डा. मानबहादुर विकले देशका विभिन्न भागमा छरिएर रहेका प्रतिभाहरूलाई खोजी गरी तिनका कलालाई मूलधारमा ल्याउन प्रतिष्ठानले गरेको प्रयास प्रशंसनीय रहेको बताए।

यही चैत १० गतेसम्म चल्ने प्रदर्शनीमा उनका ३५ कलाकृति राखिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ७ : ११ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको