सहकारी संस्था गाभिने « Khabarhub

सहकारी संस्था गाभिने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाले अहिले करीब रू छ खर्ब ५० अर्ब कारोबार गरेको बताएकी छन् ।

रिलायवल बचत तथा ऋण सहकारी संस्था बानेश्वरको २१औँ वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारी संस्थामा जम्मा भएको पूँजी उत्पादनमा लगाउनुपर्ने बताइन् । उत्पादनमा लगाउन कानूनी बाधा व्यवधानको समाधान गरेर जाने प्रतिबद्धता व्यक्त गरिन् ।

वित्तीय कारोवार हुने संस्थामा केही बेथिति पनि देखिने हुँदा त्यसलाई नियमन गर्नुपर्नेमा जोड दिँदै सहकारी मन्त्रालय र सहकारी अभियानकर्मी एकताबद्ध भएर अगाडि बढनुपर्ने विचार व्यक्त गरिन् ।

उनले सहकारी अभियानलाई अगाडि बढाउने हिसाबले नियमावली निर्माण गरिएको र अब त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने बताइन् । सहकारीको सङ्ख्या धेरै भएकाले अब त्यसलाई नियन्त्रण गर्न सहकारी संस्था ‘मर्ज’को अभियान चलाइएको उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले प्रविधिको प्रयोग गरेर कर्जा जोखिम र कर्जा सुरक्षा गर्नुपर्ने बताए । संस्थाका अध्यक्ष ओमदेवी मल्ल जोशीले संस्थाकाबारे जानकारी गराइन् । संस्थाले स्थापना गरेको केशव बडाल सहकारी पत्रकारिता पुरस्कार पत्रकार रामसुदन तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : ०१ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्