नारा जुलुस गरेर मात्र समस्याको समाधान हुँदैन : सभापति देउवा | Khabarhub Khabarhub

नारा जुलुस गरेर मात्र समस्याको समाधान हुँदैन : सभापति देउवा


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ताका सवालमा जताततै नारा जुलुस, विरोध गरेर मात्र समस्याको समाधान नहुने बताए ।

सभापति देउवाले मङ्सिरमा हुन गइरहेको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजय गराउन पार्टीका कार्यकर्ता तथा नेताहरु सबैलाई एकजुट भएर लाग्न अनुरोध गरे ।

कांग्रेसको भ्रातृ संस्था तथा शुभेच्छुक सङ्घसंस्थाहरुको निर्वाचनका बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री देउवाले सङ्घसंस्थाहरुको निर्वाचन उपनिर्वाचनपछि चाँडै हुन गइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : १६ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली