धावनमार्गको हिउँ पन्छाउन चासो नदिँदा हवाई उडान ठप्प | Khabarhub Khabarhub

धावनमार्गको हिउँ पन्छाउन चासो नदिँदा हवाई उडान ठप्प


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको सदरमुकाम सिमकोट विमानस्थलको हिउँ पन्छाउन कसैले चासो नदिँदा हवाई उडान अवरुद्ध बनेको छ ।

बिहीबार र शुक्रबार दुई दिन लगातार हिमपात हुँदा हुम्लाबाट अन्तर जिल्ला पुग्ने एकमात्रै हवाई यातायात तीन दिनदेखि अवरुद्ध भएको छ ।

सिमकोट विमानस्थलमा जम्मा भएको हिउँ पन्छाउन यहाँको स्थानीय सरकार, एयरलाइन्सका कर्मचारी मौन बसेका छन् ।

सिमकोट विमानस्थलबाट राजस्व उठाउने सिमकोट गाउँपालिका अहिले हवाई यातायात बन्द हुँदा कुनै चासो नदिएको पाइएको छ ।

गाउँपालिकाले गत वर्षदेखि मानसरोवर कैलाश तथा हुम्लाका अन्य पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकबाट राजस्व उठाउने गरेको छ ।

तर दुई दिनदेखि लगातार जम्मा भएको हिउँ पन्छाउनमा सिमकोट गाउँपालिकाका जनप्रतिनिधिले कुनै चासो नदिएको देखिएको छ । सधैँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले सिमकोट विमानस्थलको हिउँ पन्छाउनुपर्ने बाध्यता रहेको छ ।

सिमकोट विमास्थलको हिउँ पन्छाउने कार्यमा कसैले चासो नदिँदा जिल्ला पुग्ने र जिल्लाबाट बाहिर जाने यात्रु समस्यामा परेका छन् ।

केही दिनयतादेखि सीता, समिट, ताराले दिनमा दर्जनभन्दा बढी उडान गर्दै आएको भएपनि एयरलाइन्स कर्मचारी पनि हिउँले हवाई उडान अवरुद्ध हुँदा मुखदर्शक भएर बसिरहेका छन् ।

सिमकोट विमानस्थलको हिउँ पन्छाउने गाडी बिग्रँदा विमानस्थलमै थन्किएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ६ : ४७ बजे

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा

तनहुँ– आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२