कास्की– रोमन म्यागासेसे पुरस्कार विजेता डा. सन्दुक रुइतले कूनै पनि संघ – संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताएका छन् ।
कास्कीमा भएको नेपाल लिटरेचर फेस्टिभलमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी रवी लामिछानेसँग कुरा गर्दै उनले एउटै कामना गरे– ‘तिलगंगा आँखा अस्पतालमा राजनीतिक नपसोस् ।’
बुकवर्म फाउन्डेसन र र्यालन्डम रिडर्स सोसाइटीद्वारा आयोजित फेस्टिभलमा उलने राजनीतिक हस्तक्षेप नुहनु नै तिलगंगा अस्पतालको सफलता भएको सुनाए ।
उनले संस्था चलाउन प्रतिबद्धता र इमान्दारी चाहिने बताएका थिए । तिलगंगा अस्पताललाई राजनीतिबाट टाढै राखेका कारण आफूहरुले सफलता पाएको बताए ।
तिलगंगा अस्पतालको छवि नेपालमा मात्र सीमित छैन । विकसित देशकै नागरिकहरु पनि उपचारका लागि यहाँ आउने गरेका छन् । उनको टिमका डाक्टरहरुले संसारका थुप्रै देश पुगेर अन्धोपनको उपचार गरेका छन्। लाखौंको आँखाको ज्योति फर्काएका छन्।
दृष्टि गुमाएकाहरुको ज्योति फर्काउँदा आफूलाई अत्यन्तै खुसी लाग्ने अनुभव उनले सुनाएका थिए ।
यो पनि पढौं
प्रतिक्रिया