इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी « Khabarhub

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी समाचार एजेन्सी फार्सले जनाएको छ । फर्सका अनुसार, अमेरिकाको यो प्रस्ताव इरानलाई बिहीबार एक ‘मैत्रीपूर्ण’ देश मार्फत पठाइएको थियो ।

स्रोतहरूले जनाए अनुसार, वाशिङटनले युद्धविराम सुनिश्चित गर्न कूटनीतिक प्रयास तीव्र बनाएको छ । यो कदम विशेष गरी कुवेतको बुबियान टापुमा इरानले लक्षित गरेको अमेरिकी सैन्य गोदाममा आक्रमण गरेको घटनापछि आएको हो ।

उक्त घटनाले अमेरिकाको सैन्य गतिविधिमा चुनौती सिर्जना गरेको थियो । फार्सले जनाए अनुसार उक्त प्रस्ताव अमेरिकी–इजरायली आक्रमण र क्षेत्रीय संकटको तीव्रतासँग सम्बन्धित थियो । अमेरिकाले इरानको सैन्य क्षमताको गलत अनुमान गर्दा अमेरिकी सेनाका लागि गम्भीर समस्याहरू सिर्जना भएका थिए ।

इरानले यस प्रस्तावको लिखित जवाफ दिएको छैन । तर युद्धभूमिमा आक्रमण निरन्तर जारी राखेर आफ्नो अस्वीकृति स्पष्ट पारेको छ । यसले इरानको सशक्त र निर्णायक सैन्य प्रतिक्रिया देखाउँछ ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा तेहरान र अन्य प्रमुख इरानी शहरहरूमा आक्रमण गरेका थिए । यस आक्रमणमा तत्कालीन इरानी सर्वोच्च नेता अली खामेनेईसहित वरिष्ठ सैन्य कमाण्डर र केही नागरिकको मृत्यु भएको थियो ।

त्यसपछि इरानले इजरायल र मध्यपूर्वमा अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणको लहर सुरु गरेको थियो । यो घटनाक्रमले इरान–अमेरिका–इजरायल बीचको द्वन्द्वलाई अझ गहिरो बनाएको छ र मध्यपूर्वमा तनाव निरन्तर बढिरहेको छ । युद्धविरामको अस्वीकृतिले आगामी दिनमा थप सैन्य र राजनीतिक चुनौतीहरूको संकेत गर्दछ ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ४ : २३ बजे

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन

काठमाडौं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

इस्लामावाद- एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक

देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन : बाजागाजा र र्‍यालीसहित नेता–कार्यकर्ता सहभागी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ

राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

कास्की– पोखरामा आज सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य,