बृहस्पति अस्त शुरु, के-के गर्न हुँदैन ? « Khabarhub

बृहस्पति अस्त शुरु, के-के गर्न हुँदैन ?


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बृहस्पति अस्त शनिबारबाट शुरु भएको छ । बिहान २ बजेर ३ मिनेटमा पश्चिममा अस्ताएको बृहस्पति आगामी २४ पुसको राति १२ बजेर ४८ मिनेटमा पूर्वमा उदाउने ज्योतिषले बताएका छन् ।

बृहस्पति अस्तको समयमा कुनै पनि देव कर्म गर्दा फल प्राप्त नहुने विश्वास रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘विवाह, व्रतबन्ध, सप्ताह, लाखबत्ती, यज्ञ, रुद्री आदि जुराएर र हेराएर गर्ने खाले देव कार्य गर्नु शुभ मानिँदैन,’ उनले भने, ‘देवताका गुरु बृहस्पति र दैत्य गुरु शुक्र अस्ताएका बेला कुनै धार्मिक कार्य गर्नु नहुने विश्वास छ ।’

फलदाता नै अनुपस्थित भएका बेला यज्ञलगायतका कर्म गर्न नहुने समितिका अध्यक्ष प्राडा. गौतमको भनाइ छ । वर्षको एक समय घुम्दै जाने क्रममा बृहस्पति ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले बृहस्पतिको प्रकाशलाई ओझेलमा पार्नु बृहस्पति अस्त हो ।

‘सूर्य नजिकै बृहस्पति जाने भएकाले बृहस्पति अस्त हुन्छ,’ उनले भने, ‘धार्मिक मान्यताअनुसार बृहस्पति अस्त हुने केही दिनअघि र उदाएको केही दिनसम्म पनि विभिन्न धार्मिक क्रियाकलाप गर्नुहुँदैन ।’ यो अवधिमा नित्य रूपमा गरिने पूजापाठ र नियमित रुद्री भने गरिने पण्डितहरूले बताएका छन् ।

नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्छन् । यसैगरी, अकस्मात् हुने नैमित्यिक कर्म न्वारान, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण आदि कर्म गर्न हुने उनले स्पष्ट पारे ।

‘बृहस्पति अस्तका क्रममा तुलसीको हवन गर्न छुटेकाहरूले यो गर्न कुनै बाधा हुँदैन,’ उनले भने, ‘कहिल्यै नगएको तीर्थ र कहिल्यै नबसेको व्रतको आरम्भ पनि यस समयमा गर्नुहुन्न ।’

‘शुक्र–बृहस्पति अस्तको बेला जन्मोत्सव र अन्नप्रासन गर्नुहुँदैन भन्ने विश्वास समाजमा मौलाउँदै गएको छ तर यो वास्तवमा गलत हो,’ संस्कृतिविद् मधुसूदन सुवेदीले भने, ‘कसैको जन्मोत्सव सारेर सार्न मिल्छ र ?’

धार्मिक मान्यताअनुसार शुक्र र बृहस्पतिलाई गुरुका रूपमा लिने गरिन्छ । देवताका गुरु बृहस्पति हुन् भने दानवका गुरु शुक्राचार्य हुन् । यसरी गुरुको उपस्थितिबिना गरिने कुनै पनि कर्मको फल प्राप्त नहुने विश्वास छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : ३८ बजे

लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान

एजेन्सी– बंगलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक

साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

एजेन्सी– जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत

११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि

‘एआई’मार्फत किसानलाई डिजिटल कृषि सल्लाह, ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

काठमाडौं– ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि

अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर