अपडेट : सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो « Khabarhub

अपडेट : सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

बा ४ ख ४४६८ नम्बरको बस लामोसाघु–जिरी सडकखण्डको पाँच किलोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने १३ जनामध्ये ८ जना महिला, ३ जना पुरुष, एक बालक र एक बालिका रहेका प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालले घटनाको पुष्टि गरे ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्वारा भन्ने ठाउँबाट बस ५ सय मिटर तल खसेको छ

दोलखाको कालिन्चोक भगवतीको दर्शन गरेर भक्तपुर फर्किदै गरेको बस दुर्घटना भएको हो । बसमा करिब ३० जना जति सवार रहेका थिए । घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ४४ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ