निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो « Khabarhub

निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाघको आक्रमण बढेसँगै बाँके बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिक त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको र आहारा विस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको पाइएको छ ।

विसं २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सातको मृत्यु भइसकेको छ । बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।

गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो ।

दुवै मृतकका परिवारलाई राहत स्वरुप १० लाख रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । निकुञ्जले यसअघि कीरिया खर्चका लागि मृतकका परिवारलाई ५० हजार उपलब्ध गराएको थियो ।

संरक्षित जनावरबाट भौतिक तथा मानवीय क्षति रोक्ने विविध उपाय अपनाउँदै आइएको निकुञ्जले जनाएको छ । उनले भने, ‘हरेक दुःख, सुखमा निकुञ्ज प्रशासनलाई स्थानीयले साथ दिनुभएको छ, आगामी दिनमा दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।’

निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ३२ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र