न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु « Khabarhub

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

दुर्घटना बफेलो शहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक नजिकै भएको हो । पर्यटकहरू नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्कँदै थिए ।

प्रहरीका अनुसार, बसमा रहेका यात्रुहरू भारत, चीन र फिलिपिन्स मूलका थिए ।

“चालकको ध्यान केही समयका लागि अन्यत्र गएको, त्यसपछि गाडीको सन्तुलन गुमेको र सुधार गर्ने प्रयासमा गाडी झनै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ,” न्यूयोर्क राज्यका प्रहरी प्रमुख आन्द्रे रेले घटनास्थलमा जानकारी दिए ।

बसमा ५४ जना सवार थिए। प्रारम्भिक विवरणमा बालबालिकाको मृत्यु भएको भनिए पनि पछि त्यसको पुष्टि भएको छैन । बालबालिकाको ज्यान गएको छैन ।

छ जना चिनियाँ नागरिक पनि बसमा सवार थिए । पाँच जनालाई सामान्य चोट लागेर उपचारपछि घर पठाइएको छ भने एक जना अझै उपचारमा छन् ।

बसले सोही दिन सीमामा रहेको नियाग्रा जलप्रपातको यात्रा गरेर फर्कने क्रममा दुर्घटना भएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १२ : २८ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका