नेपालमा विदेशी लगानीकर्ताको चासो, पाँच महिनामा १९ अर्ब ४२ करोडको प्रतिवद्धता « Khabarhub

नेपालमा विदेशी लगानीकर्ताको चासो, पाँच महिनामा १९ अर्ब ४२ करोडको प्रतिवद्धता


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा विदेशी लागनीकर्ताहरुले चासो देखाइरहेका छन् । उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ ।

नेपालमा आएको विगत ५ महिनाको कूल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागका अनुसार यस अवधिमा १२५ वटा कम्पनी मध्येबाट उद्योग विभागमा दर्ता भएका कुल १९ अर्ब ४२ करोड ५० लाख, ३८ हजार ४०० रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । जसमध्ये चीनबाट मात्रै १०४ वटा कम्पनीमार्फत १५ अर्ब २६ करोड ४० लाख ३० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकृत विनोद खड्काका अनुसार पछिल्लो पटक चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले त्यहाँका लगानीकर्तामा राम्रो छाप परेको हो ।

पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु विशेषगरी पर्यटन, होटल तथा रेष्टुराँ तथा सूचना प्रविधि एवम् उत्पादनमुलक क्षेत्रमा लगानी गर्न उत्सुक रहेको देखाएको छ ।

त्यसैगरी अस्ट्रेलियाबाट ५ करोड, बंगलादेशबाट १५ करोड, फ्रान्सबाट २५ करोड, भारतबाट २ अर्ब ४० करोड, जापानबाट १० करोड, बेलायतबाट २१ करोड, पाकिस्तानबाट १० करोड, मलेसियाबाट ५ करोड वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

नेपालले विकास समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि विश्वमञ्चहरुमा लगानी गर्न लगानीकर्ता, उद्योगी एवं व्यापारिक व्यक्ति तथा फर्महरुलाई आमन्त्रण गरिरहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १२ : ३५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी