स्थायी कमिटी बैठकका लागि नेकपा सचिवालद्वारा पाँच एजेण्डा तय « Khabarhub

स्थायी कमिटी बैठकका लागि नेकपा सचिवालद्वारा पाँच एजेण्डा तय


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवाल बैठक सकिएको छ ।

आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै दिउँसो बस्ने स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको छ’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीपनि केही बेर सहभागी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘पार्टी अध्यक्ष ओली पनि केही समयका बैठकमा उपस्थित हुनु भएको थियो’ प्रवक्ता श्रेष्ठले भने,‘उहाँले स्वास्थ्यको बारेमा जानकारी गराउनु भयो । स्वास्थ्य अवस्था अत्यन्तै राम्रोसँग र तिव्रसँग लाभ भइरहेको उहाँले बताउनु भयो । बैठकले अध्यक्ष ज्यूको पूर्ण स्वास्थ्य लाभको कामना गर्‍यो ।’

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १२ : ५६ बजे

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र

हरित बैकिङ्ग पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी

युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु

कम्पाला– पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले

दुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन

काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’ मा

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय