स्थायी कमिटी बैठकका लागि नेकपा सचिवालद्वारा पाँच एजेण्डा तय « Khabarhub

स्थायी कमिटी बैठकका लागि नेकपा सचिवालद्वारा पाँच एजेण्डा तय


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवाल बैठक सकिएको छ ।

आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै दिउँसो बस्ने स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको छ’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीपनि केही बेर सहभागी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘पार्टी अध्यक्ष ओली पनि केही समयका बैठकमा उपस्थित हुनु भएको थियो’ प्रवक्ता श्रेष्ठले भने,‘उहाँले स्वास्थ्यको बारेमा जानकारी गराउनु भयो । स्वास्थ्य अवस्था अत्यन्तै राम्रोसँग र तिव्रसँग लाभ भइरहेको उहाँले बताउनु भयो । बैठकले अध्यक्ष ज्यूको पूर्ण स्वास्थ्य लाभको कामना गर्‍यो ।’

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १२ : ५६ बजे

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा