अब बिमा गर्दा एजेन्ट नचाहिने « Khabarhub

अब बिमा गर्दा एजेन्ट नचाहिने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सवसाधारणलाई एजेन्ट बिन नै बीमा गर्न सक्ने व्यवस्था गरेको छ ।

बीमा समितिले ‘शाखारहित घुम्ती सेवासम्बन्धी मार्गदर्शन २०७६’ जारी गर्दै घरदैलोमै पुगेर कम्पनीले बिमा गर्न सक्ने व्यवस्था गरेको छ । अब बीमा कम्पनीहरू आफैं बीमितको घरदैलो पुगेर बीमा गर्न पाउने भएका छन् ।

यसअघि बीमा गर्न एजेन्टमार्फत जानुपर्ने थियो । कुनै सर्वसाधारण आफुले सिधै बीमा गर्ने पाउँदैन थिए । एजेन्टले बीमा गराउँदा कमिसन पनि उसैको खातामा जाने गरेको थियो ।

अब मार्गदर्शन २०७६ मा भएको व्यवस्था अनुसार एजेन्ट बिन सवसाधारणले बीमा गराउँदा कमिशन जोगिने बीमा समितिको सूचना अधिकारी निर्मला अधिकारीले बताएकी छिन् । सरकारले बीमा गराउँदा एजेन्टविनै बिमा, एजेन्ट कमिनसनको भार हटाउने र घुम्ती सेवा समेत सञ्चालन गर्ने उनको भनाइ छ ।

बीमा व्यवसाय सुरु भएको सात दशक नाघेको छ । बिमाको पहुँच भने २० प्रतिशत जनसंख्यामा मात्र पुगेको छ । नागरिकमा बीमाको पहुँच बढाउन सरकारले विभिन्न योजना ल्याएको सूचना अधिकारीले जानकारी दिइन ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : १३ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको