ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला  « Khabarhub

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही सुरु गरेको छ ।  

परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लवदेखि अन्य कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो । 

भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ । 

परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा संरचनामा ताला लगाइएको परिषद्का सदस्य सचिव सरोज कुमार शर्माले जानकारी दिए । हाल १० करोड भन्दा बढी भाडा उठ्न बाँकी रहेको भन्दै उनले बताए 

सदस्यसचिव शर्माले अव भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थित गरिने समेत जानकारी दिए । परिषद्ले ताला लगाइएका कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ । 

महिला तथा बालबालिका मन्त्री सीता बादीको निर्देशनमा परिषद्ले भाडा बक्यौता उठाउन कडा कदम चालेको हो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ४ : ०३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम