ओलीका लागि कुर्सी खाली राखेर प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक « Khabarhub

ओलीका लागि कुर्सी खाली राखेर प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा कार्यकारी भूमिका पाएपछिको यो पहिलो स्थायी कमिटी बैठक हो । स्थायी कमिटी बैठक एक वर्ष पहिला बसेको थियो ।

बैठकमा अर्का अध्यक्ष केपी ओली भने सहभागी भएका छैनन् । ओली अनुपस्थित भएपछि उनको कुर्सीलाई खाली राखेर बैठक शुरु गरिएको छ । सचिवालयका नेताहरु स्थायी कमिटी सदस्य तर्फ फर्कने गरी मेचहरु राखिएको छ । जहाँ ओलीको लागि राखिएको मेच खाली रहेको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल पनि बैठक शुरु भएपछि मात्र पुगेका थिए ।

एपेन्डिसाइटिसको अप्रेसनपछि १० दिन अस्पताल बसेर फर्किका ओली बालुवाटारमा आराम गरिरहेका छन् । उनी आज विहान बसेको नेकपा सचिवालय बैठकमा भने केही बेर सहभागी भएका थिए ।

स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय आइतवार विहान बसेको सचिवालय बैठकले गरेको थियो । जसमा स्थायी कमिटी बैठकमा छलफल हुने छ ।

‘प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक, नेपाल भारत सीमा समस्या र विविध भनेर बैठकका लागि पाँच वटा कार्यसूची तय भएको छ’ विहानको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : २३ बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई