काठमाडौं उपत्यकामै ‘जीपलाइन’सञ्चालनमा आउने « Khabarhub

काठमाडौं उपत्यकामै ‘जीपलाइन’सञ्चालनमा आउने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पयर्टन प्रवर्धन गर्ने उद्धेश्यका साथ भक्तपुरको सूर्यविनायकमा जीपलाइन सञ्चालनमा आउने भएको छ । त्यसका लागी जीपलाइनको शिलान्यास भएको छ ।

सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवर्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जीपलाइनको सांसद महेश बस्नेतले रानीकोटमा शिलान्यास समेत गरेका छन् ।

घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट शुरु हुने जीपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने बताइएको छ ।

रानीकोटगढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरी जीपलाइन शुरु गर्न लागिएको हो ।

सूर्यविनायक काठमाडौंबाट १९ किलोमिटरको दूरीमा रहेको छ ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन र यस क्षेत्रमा पर्यटकको आवागमन बढाउन पदमार्गसहित, प्याराग्लाइडिङ, बञ्जीजम्प, काक्राबारी इकोभिलेज, घरवाससमेतको योजना अगाडि बढाएर काम शुरु भइसकेको कम्पनीले जनाएको छ ।

घ्याम्पेडाँडा पर्यटन प्रवर्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष रोमन शिलाकारले निजी क्षेत्रको रु पाँच करोडको लागतमा शुरु गरिने जीपलाइन तीन महिनापछि सञ्चालनमा आउने बताए ।

उपत्यकामै पहिलो पटक सञ्चालन गर्न लागेको जीपलाइन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्ने र यसले पर्यटन वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रालिको भनाइ छ । केही समय अघि राजधानीबाट नजिकै रहेको धुलिखेलमा पनि जीपलाइन सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : २१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने