औषधि प्रयोग गर्दा बिरामीले ध्यान दिनै पर्ने ५ कुरा « Khabarhub

औषधि प्रयोग गर्दा बिरामीले ध्यान दिनै पर्ने ५ कुरा


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

औषधि बिरामी भएको समयमा अमृत समान हो । रोग लाग्दा  चिकित्सकले सिफरिस गरेको औषधि सेवन गर्दा रोग निको हुन्छ । तर त्यहि औषधिलाई सहि मात्रामा सहित तरिकाले सेवन गर्न जानेनौं भने औषधि विष समान बन्न पुग्छ ।

त्यसैले रोग लाग्दा औषधि सेवन गर्नु अघि र औषधि सेवन गरीरहेको समयमा बिरामी आफैले पनि आफुले प्रयोग गर्ने औषधिबारे राम्रोसँग जानकारी लिनुपर्छ । आज हामी तपाईलाई औक्षधि प्रयोग गर्दा बिरामीले सोच्नै पर्ने ५ कुराबारे जानकारी दिदैछौं ।

औषधि प्रयोग गर्दा बिरामीले सोच्नै पर्ने ५ कुरा

१. औषधि शुरु गर्दा

बिरामीले औषधि शुरु गर्दा आफुले खाने औषधिको नामबारे राम्रोसँग जानकारी दिनुपर्छ । साथै उक्त औषधि किन प्रयोग गरीरहेको छु भन्ने जानकारी लिएर मात्र औषधि प्रयोग गर्नुपर्छ । औषधि सेवन गर्नुअघि सो औषधि खान सिफरिस गर्ने चिकित्सकलाई औषधि सेवन गर्दा हुन सक्ने जोखिम र असर (साइड इफेक्ट) बारे राम्रोसँग सोधपुछ गर्नुपर्छ ।

२.औषधि सेवन गर्दा
– औषधि सेवन गर्दा बिरामीले औषधि खाने समय र कति मात्रामा खाने भनेर राम्रोसँग जानकारी दिएर सोहि अनुसार औषधि प्रयोग गर्नुपर्छ ।
–रोग लागेर औषधिको प्रयोग गर्दा समान्य साइड इफेक्टहरु देखिन्छ । तर कहिलेकाही टलित किसिमको साइड इफेक्ट पनि देखिन सक्छ । त्यसैले औषधि सेवन गर्दा साइड इफेक्ट देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।

३. औषधि थप्नु पर्दा

कहिलेकाँही चिकित्सकले सिफरिस गरेको औषधिको मात्रा पुरा भइसक्दा पनि रोग ठिक नहुन सक्छ । त्यस्तो अवस्थामा थप औषधि खानुपर्ने हुन्छ । त्यस्तो अवस्थामा आफुले स्वास्थ्य जाँच गराएको चिकित्सकसँग थप औषधि खान पर्ने वा नपर्नेबारे राम्रोसँग जानकारी लिनुपर्छ ।आफुलाई रोग ठिक नभएको भएमा र थप औषधि आवश्यक भएमा मात्र थप औषधि खानुपर्छ ।  औषधि थप्दा आफुले सेवन गरीरहेको औक्षधिले असर गर्ने नगर्ने बारे पनि जानकारी लिनुपर्छ ।

४.औषधिको समिक्षा

बिरामीले औषधि सेवन गर्दा कति अवधिसम्म खानुपर्ने हो भनेर राम्रोसँग जानकारी लिनुपर्छ ।  साथै आफुले लिइरहेको औषधि ठिक छ वा छैन भनेर विचार गर्नुपर्ने हुन्छ ।

५. औषधि सेवन बन्द गर्दा

औषधि रोग लाग्दा निको हुनका लागि मात्र प्रयोग गरीन्छ । त्यसैले औषधि सेवन गर्ने पनि निश्चित समय हुन्छ । दीर्घ रोगका बिरामीले खाने औषधि बाहेक अन्य संक्रमणबाट हुने रोगका औषधि सिमित समयसम्म मात्र खानुपर्ने हुन्छ ।  रोग निको भइसकेपछि पनि औषधि सेवन गरेमा त्यसको नकारात्मक असर हुनसक्छ । त्यसैले औषधि सेवन गर्दा कहिलेसम्म सेवन गर्नुपर्ने हो भन्ने बारे जानकारी लिनुपर्छ । चिकित्सकले सिफारिस गरेको अवधि सम्म मात्र औषधि सेवन गर्नुपर्छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ५ : ५३ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय