गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने २२ उद्योगमा सिलबन्दी « Khabarhub

गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने २२ उद्योगमा सिलबन्दी



काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो चार महिनाको अवधिमा गुणस्तरहीन उत्पादन गर्ने यस्ता कम्पनीमा छापा मारि सिल मारेको छ ।

हाल नेपालभर ४३ वटा खाद्य आयात निर्यात गुणस्तरीय प्रमाणिकरण कार्यालयहरु रहेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिक अवधि (साउन, भदौ, असोज, कार्तिक) मा विभाग तथा मातहतका कार्यालयहरुबाट बजार निरीक्षण तथा अनुगमनका क्रममा ९ सय २५ नमूना संकलन गरेको विभागले जनाएको छ ।

जसअन्तर्गत ४ सय ६४ वटा नमूनाहरुको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ६१ नमूनाहरु मापदण्ड विपरीत रहेको पाइएको विभागले जनाएको छ ।

त्यसरी मापदण्ड विपरीत रहेका नमुनाहरुमध्ये २९ वटा दूषित, २४ वटा न्यून गुणस्तर तथा ८ वटा खाद्य ऐन नियमको प्रावधान बमोजिम नरहेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।

विभागका अनुसार त्यस्ता न्यूनस्तर तथा दूषित उत्पादन तथा विक्री वितरण गरेको कसूरमा ८ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको छ ।

दायर गरिएको मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानी, दालमोट, भूजिया, तयारी चाउचाउ, मिठाई, खुर्सानीको धुलो जस्ता विभिन्न खाद्य पदार्थ रहेका छन् ।

चार महिनाको अवधिमा विभागले दाना÷खाद्य उद्योग, रेष्टुरेन्ट, राजमार्गका होटल गरी १ हजार ७ सय ८० पटक निरीक्षण तथा अनुगमन गरेको महर्जनले बताए ।

‘विभागमा प्राप्त प्रशोधित पिउने पानी, खाने तेल, होटल तथा रेष्टुरेन्टको चामलका विषयमा १५ वटा उजुरी आएका थिए’ महर्जनले भने ‘तत्काल सम्बोधन टोलीमार्फत कारवाही गरियो ।’

त्यस्तै चार महिनाको अवधिमा १ सय ७९ वटा उद्योगलाई नयाँ अनुज्ञापत्र, ५ सय ३० वटा उद्योगलाई अनुज्ञापत्र नवीकरण तथा ५ सय ३५ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिश दिएको विभागकी महानिर्देशक मतिना जोशी वैद्यले जानकारी दिइन् ।

‘निरीक्षण तथा अनुगमन खाद्य ऐन २०३३, खाद्य नियमावली, २०२७ तथा निर्देशिका बमोजिम गरेको नपाइएका २२ वटा उद्योग एवम खाद्य व्यवसायीलाई उत्पादनमा रोक लगायौंं’ महानिर्देशक वैद्यले भनिन्, ‘ती उद्योगमा सिलबन्दी गरेर कारवाही ग¥यौं ।’

खाद्य स्वच्छता सम्बन्धी अन्तर देशीय निकायबीच समझदारी 

नेपालमा आयत हुने खाद्यन्नमा ९० प्रतिशत हिस्सा भारतीय बजारले ओगटेको पाइन्छ । खाद्य व्यापारमा सहजीकरण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको तर्फबाट फुड सेफ्टी र स्ट्यान्र्ड अथोरिटी अफ इन्डियाबीच समझदारी भएको छ ।
भारतले विभागअन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई कानूनी मान्यता समेत दिएको छ ।

नेपाल असल कृषि अभ्यासमा तीन कृषि फर्म

दिगो कृषिलाई योगदान पु¥याउन र निर्यात प्रवद्र्धनका साथै आयत व्यवस्थापन गर्न कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले ‘नेपाल असल कृषि अभ्यास’ को मापदण्ड तय गरेको थियो ।

जसमा तीन तरकारी तथा फार्महरुले नेपाल असल कृषि अभ्यास लागू गरी प्रमाणिकरणको अन्तिम चरणमा पुगेको अनुगमनले देखाएको छ ।
जसमध्ये २ सय रोपनी क्षेत्रफलमा तरकारीखेती गरिरहेको कृषि परियोजना टिकाथली, ४६ रोपनी क्षेत्रफलमा कृषि फार्म गरिरहेको विशेष सदाबहार कृषि फार्म रामकोट र मैत्रीमंगल्म अर्गानिक कृषि फर्म रामकोट रहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ५ : ४५ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक