प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलः उद्घाटन खेलमा आर्मीको शानदार शुरुवात « Khabarhub

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलः उद्घाटन खेलमा आर्मीको शानदार शुरुवात


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले शानदार शुरुवात गरेको छ ।

सैनिक मुख्यालयको मैदानमा भएको उद्घाटन खेलमा आर्मीले प्रदेश १ विरुद्ध ९–० गोल अन्तरको शानदार जित हासिल गरेको हो ।

खेलमा प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा आर्मीकी शर्मिला थापा मगर भइन् । उनलाई प्रधानसेनापति थापाले पुरस्कार प्रदान गरे । प्रतियोगिता पौष ०९ गतेसम्म सञ्चालन हुनेछ ।

अखिल नेपाल फुटबल संघको सहकार्यमा ‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आइतबारबाट शुरु भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा विशेष समारोहबीच प्रतियोगिताको शुरुवात गरेका हुन् ।

महिला फुटबल प्रतियोगितामा (प्रदेश नं. १, २ र ५) का तीन टीम, विभागीय (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र ए.पी.एफ.) का तीन टिम र छिमेकी राष्ट्र (भारतको सिक्किम र भुटान) का २ टिम गरी ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितको विजेता टोलीले तीन लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
त्यसैगरी सेमीफाइनलमा पुग्ने २ टिमले ५०–५० हजार नगद हात पार्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर(१ तथा उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले नगद पुरस्कार १० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ६ : ४१ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव