१ सय ५ वर्षीया ‘भागिरथी अम्मा’ जसले दिइन् कक्षा चारको परीक्षा ! « Khabarhub

१ सय ५ वर्षीया ‘भागिरथी अम्मा’ जसले दिइन् कक्षा चारको परीक्षा !


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोही मानिस सय बर्ष बाँचेको छ भने हामी तिनलाई ज्यूँदो इतिहास मान्दछौ । किनकी यतिको लामो उमेरसम्म कमै मानिसहरु जीवित रहने गर्दछन् ।

सय बर्ष उमेर कटेका मानिस सकेसम्म कुनै काम गर्न सक्दैनन् । अझ सय कटेका मानिस अध्ययन गर्दैछन् भन्दा पत्याउन ग्राहो हुन्छ । तर भारतमा १०५ वर्षीया वृद्धाले यस कुरालाई झुटो साबित गरेकी छन् ।

भारत केरलाकी भागिरथी अम्मा (आमा) नामले परीचित १०५ वर्षीया वृद्धाले कक्षा ४ को परीक्षा दिएकी छन् । उनी अध्ययनमा मन नगर्ने र पढ्नलाई विभिन्न बहाना बनाउनेहरुका बिचमा उदाहरण बनेकी छन् । भागीरथी अम्मा केरलाको राज्य साक्षरता मिशन अन्र्तगतको ४ कक्षा बराबरको (चौथो वर्ग) परीक्षामा भाग लिदैं पढाईका लागी उमेर बाधक नहुने साबित गरेकी छन् ।

पढ्नलाई उनले बल्ल समय पाएकी हुन् । पढ्न मन लागेमा तथा ढृढ इच्छा शक्ति भएमा उमेरले नछेक्ने उनी बताउँछिन् । ५ बर्षको उमेरमा नै पढ्न मन लागेपछि स्कूल भर्ना भएकी भागिरथिले आफ्नी आमाको मृत्युपछि कक्षा ३ को पढाई छाडेर भाई बहनीको रेखदेख गर्नु परेको थियो ।

जसका कारण अध्ययन गर्ने उनको सपना बाल्यकालमै रोकिएको थियो । वयस्कमा घर परीवारको कारण पढ्न नपाएकी उनले ३० बर्षको उमेरमा श्रीमानको मृत्युपछि ६ सन्तानको जिम्मेवारी लिनु परेको थियो ।

तर झण्डै १ सय बर्षपछि उनले केरलाको कोल्लमस्थित साक्षरता मिशन अन्र्तगतको समकक्षा शिक्षा अन्र्तगत पढाई शुरु गरेकी हुन् । भागीरथी अम्माको पढाईमा उनकी कान्छी छोरीले मद्दत गर्दै आएकी छन् । उनले पुरानो शैक्षिक योग्यतालाई थप गर्ने मनसायले कक्षा ४ बराबरको समकक्षामा उनलाई भर्ना गरिएको हो ।

भागिरथि अम्मासँग आधार कार्ड नभएकाले सरकारबाट पाउने विधवा र वृद्ध पेन्सन पाउनबाट समेत  उनी बञ्चित रहेको भारतीय सञ्चार माध्यमले जनााएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : १३ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक