१ सय ५ वर्षीया ‘भागिरथी अम्मा’ जसले दिइन् कक्षा चारको परीक्षा ! « Khabarhub

१ सय ५ वर्षीया ‘भागिरथी अम्मा’ जसले दिइन् कक्षा चारको परीक्षा !


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोही मानिस सय बर्ष बाँचेको छ भने हामी तिनलाई ज्यूँदो इतिहास मान्दछौ । किनकी यतिको लामो उमेरसम्म कमै मानिसहरु जीवित रहने गर्दछन् ।

सय बर्ष उमेर कटेका मानिस सकेसम्म कुनै काम गर्न सक्दैनन् । अझ सय कटेका मानिस अध्ययन गर्दैछन् भन्दा पत्याउन ग्राहो हुन्छ । तर भारतमा १०५ वर्षीया वृद्धाले यस कुरालाई झुटो साबित गरेकी छन् ।

भारत केरलाकी भागिरथी अम्मा (आमा) नामले परीचित १०५ वर्षीया वृद्धाले कक्षा ४ को परीक्षा दिएकी छन् । उनी अध्ययनमा मन नगर्ने र पढ्नलाई विभिन्न बहाना बनाउनेहरुका बिचमा उदाहरण बनेकी छन् । भागीरथी अम्मा केरलाको राज्य साक्षरता मिशन अन्र्तगतको ४ कक्षा बराबरको (चौथो वर्ग) परीक्षामा भाग लिदैं पढाईका लागी उमेर बाधक नहुने साबित गरेकी छन् ।

पढ्नलाई उनले बल्ल समय पाएकी हुन् । पढ्न मन लागेमा तथा ढृढ इच्छा शक्ति भएमा उमेरले नछेक्ने उनी बताउँछिन् । ५ बर्षको उमेरमा नै पढ्न मन लागेपछि स्कूल भर्ना भएकी भागिरथिले आफ्नी आमाको मृत्युपछि कक्षा ३ को पढाई छाडेर भाई बहनीको रेखदेख गर्नु परेको थियो ।

जसका कारण अध्ययन गर्ने उनको सपना बाल्यकालमै रोकिएको थियो । वयस्कमा घर परीवारको कारण पढ्न नपाएकी उनले ३० बर्षको उमेरमा श्रीमानको मृत्युपछि ६ सन्तानको जिम्मेवारी लिनु परेको थियो ।

तर झण्डै १ सय बर्षपछि उनले केरलाको कोल्लमस्थित साक्षरता मिशन अन्र्तगतको समकक्षा शिक्षा अन्र्तगत पढाई शुरु गरेकी हुन् । भागीरथी अम्माको पढाईमा उनकी कान्छी छोरीले मद्दत गर्दै आएकी छन् । उनले पुरानो शैक्षिक योग्यतालाई थप गर्ने मनसायले कक्षा ४ बराबरको समकक्षामा उनलाई भर्ना गरिएको हो ।

भागिरथि अम्मासँग आधार कार्ड नभएकाले सरकारबाट पाउने विधवा र वृद्ध पेन्सन पाउनबाट समेत  उनी बञ्चित रहेको भारतीय सञ्चार माध्यमले जनााएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : १३ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार