सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउने १४ जनाको सनाखत « Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउने १४ जनाको सनाखत


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस सुनकोसी गाउँपालिका-७ को छ किलो मोडबाट खस्दा मृत्यु हुने १४ जनाको सनाखत भएको छ ।

आइतबार बिहान लामोसाघु जिरी सडकखण्ड अन्तर्गत ६ किलोबाट ५ किलोको सडकमै खस्दा घटनास्थलमै १२ को मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ पुरुष, २ बालक र एक बालिका रहेका छन् । मृतकमध्ये १४ जनाको सनाखत भएको छ ।

दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका २४ वर्षीय महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनकी श्रीमती ३५ वर्षीया मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षीया गंगामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी ७ वर्षीया सविना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेत, रामेछाप सुनपाती ६ की जुनमाया तामाङ, मञ्जु तामाङ, सुकबहादुर तामाङ, र भत्तपुर सुर्यविनायक ८ की ३८ वर्षीया चिनु बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी इन्सपेक्टर नवराज न्यौपानेले जानकारी दिए ।

‘घाइतेको काभ्रेको धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ । ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका हुन् । बस सडकबाट एकसय मिटर तल खसेको थियो । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गाडीका चालक भने फरार रहेका छन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : १९ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका