भालुको आक्रमणबाट आठ घाइते « Khabarhub

भालुको आक्रमणबाट आठ घाइते


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म रसुवामा भालुको आक्रमणमा परी ८ जना घाइते भएका छन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार भालुको आक्रमणबाट घाइते हुनेमा हालसम्म दुई सुरक्षाकर्मीसहित आठ जना रहेका छन् ।

घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नम्बर गुल्म टिमुरेका सहायक प्रहरी हवल्दार वीरबहादुर थिङ एवम् प्रहरी जवान किरण तामाङ रहेका र सर्वसाधारणतर्फ नुवाकोटका प्रकाश तामाङ रहेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

अन्य घाइतेमा रसुवा नौकुण्ड गाउँपालिका निवासी मेम्मर लोप्चन, आमाछोदिङ्मो गापाका मीन तामाङ, गोसाइँकुण्ड गापा वडा नं ५ का दुप्ले लामा, वडा नं ६ का मोदनाथ घिमिरे र वडा नं ५ का आङबाबु तामाङ रहेका बताइएको छ ।

सरकारी अस्पतालको सिफारीसमा भालुको आक्रमणमा परेका व्यक्तिलाई नियमानुसारको उपचार खर्चसमेत प्रदान भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिए ।

उत्तरी रसुवामा भालुको आक्रमणले आतङ्क मच्चाउँदै गएपछि प्रहरी गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : १५ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी