अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने « Khabarhub

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका २० हजार रुपैयाँ सम्म बचत गर्ने बचतकर्ताहरूको रकम फिर्ता गरिने भएको छ ।  

कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले करिब १५ महिना गरेको छानबिन पछि २० हजार रुपैयाँ सम्म रकम बचत गरेका २ सय ८७ जना बचतकर्ताहरूलाई करिब २८ लाख ५७ हजार रुपैयाँ फिर्ता दिन लागिएको हो । 

समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशका सदस्य सचिव पदम बहादुर ठकुराठीले अम्बे कोशी बचत तथा सहकारी संस्थाले करिब २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ता गर्नुपर्ने देखिएको जानकारी दिए । 

संस्थाको खातामा १ करोड ३८ लाख ४४ हजार रुपैयाँ बैंकमा रहेको पाइएको र सोही रकमबाट बचत फिर्ता गर्न लागिएको उनले बताए ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरीले सहकारीका सञ्चालकहरूको जग्गा र सम्पत्ति रोक्का गरिएको र चाडै नै एक लाख सम्म रकम जम्मा गर्ने बचतकर्ताहरूको रकम फिर्ता दिने तयारी रहेको बताए । 

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थामा १ हजार १ सय ७३ जना बचतकर्ताहरूले रकम दाबी गरेका थिए । 

अहिले सम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा कोशी प्रदेशका थप दुई वटा सहकारीहरूले समस्याग्रस्त सहकारी घोषणाका लागि आग्रह गरेकोमा दाबी नपुगेको जानकारी दिइएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ५ : ४३ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित