सिन्धुपाल्चोक दुर्घटनामा १५ काे मृत्यु, १४ को सनाखत « Khabarhub

सिन्धुपाल्चोक दुर्घटनामा १५ काे मृत्यु, १४ को सनाखत


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ ।

दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ वर्षीया मैयाँ, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गङ्गामाया तामाङको सनाखत भएको हो ।

त्यसैगरी जुगल गाउँपालिका–७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुर, सूर्यविनायक–८ की ३२ वर्षीया चिनु बस्नेतको सनाखत भएको छ ।

बाँकी एक २४ वर्षीयाको भने केएमसी सिनामङ्गलमा उपचार हुँदाहुँदै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

घटनामा १६ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करीब १०० मिटर तल ब्रेक फेल भएर सो वा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटनामा परेको थियो ।

भक्तपुरबाट शनिबार रिजर्भमा गएको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको काफ्लेले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ०८ बजे

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय