कामदारमाथि हुने विभेद अन्त्यको माग राख्दै दक्षिण कोरियामा प्रदर्शन | Khabarhub Khabarhub

कामदारमाथि हुने विभेद अन्त्यको माग राख्दै दक्षिण कोरियामा प्रदर्शन


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया– आप्रवासी कामदारमाथि हुने विभेद अन्त्यको माग  राख्दै दक्षिण कोरियामा मजदूरहरूले विरोध प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर मजदूरहरुले आइतबार राजधानी सिउलमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी मजदूरले आप्रवासी श्रमिकमाथि हुने शोषण दमन ,भेदभाव अन्त्य हुनुपर्ने माग राखेका छन् । उनीहरुले औद्योगिक दुर्घटनाबाट हुने मृत्युको अन्त्य हुनुपर्ने तथा आप्रवासन नीति परिमार्जन गर्नुपर्ने माग राखेका छन् ।

मजदूरहरुले पहिलो चरणमा विरोध प्रदर्शन गरेका थिए भने दोस्रो चरणमा मार्चपास गरेका थिए । कार्यक्रममा विभिन्न देशका आप्रवासी श्रमिक साथै केसीटियु प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र