भिडियो कलबाटै सम्बन्धविच्छेद ! | Khabarhub Khabarhub

भिडियो कलबाटै सम्बन्धविच्छेद !


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालगञ्ज उपमहानगरपालिका ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन पनि भयो। भोलिपल्ट श्रीमानले भिडियो कल गरे । उनले एकैचोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन ।

कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टुट्यो । ३३ वर्षीया इस्मा अहिले मजदुरी गरेर छोरी हुर्काउँदै गरेको कान्तिपुरमा खबर छ ।

नेपालगन्ज उपमहानगरपालिका ७ की ३० वर्षीय नाजिया कसघरको पनि समस्या उस्तै छ । श्रीमानले फोनमा तीन पटक तलाक भनेपछि सम्बन्ध विच्छेद भएको भन्दै उनी माइतमा बसेकी छन् । दाम्पत्य जीवनमा पूर्ण विराम लागेपछि शारीरिक रुपमाले अशक्त छोरो हुर्काउने जिम्मेवारी उनको काँधमा छ । यस्ता धेरै घटना सार्वजनक हुन थालेका छन् । इस्माले अदालतमा गएर झगडा गर्न आफूलाई मन नलागेपछि छुपचाप बसेको प्रतिक्रिया दिएकी छन् ।

त्यस्तै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न रोजगारदाता हिचकिचाएको पाइएको छ । श्रमिक र रोजगारदाता दुवैको भलो हुने भन्दै सारै धेरै प्रचार गरिएको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा रोजगारदाता हिचकिताएका छन् । देशभर ९ लाखभन्दा बढी रोजगारदाता रहेकोमा यो कार्यक्रम घोषणाको ४ महिना पुग्दा २१ सयको हाराहारीमा मात्र संस्थाहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : ०३ बजे

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार