‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने « Khabarhub

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ । यसले उनले कल्पनाबाट मात्रै नभई फ्रान्सको आश्रयस्थलबाट देखेको आकाशबाट प्रेरणा लिएर चित्र बनाएको हुन सक्ने सङ्केत गरेको छ ।

दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणका आधारमा चित्रमा देखाइएको आकाश फ्रान्सको सेन्ट–रेमी–दे–प्रोभेन्सबाट जुलाई २२ आसपास देखिएको आकाशसँग मेल खाने निष्कर्ष निकालेको हो । यो मिति कला इतिहासकारहरूले लामो समयदेखि स्वीकार गर्दै आएको सन् १८८९ जुनको मितिभन्दा करिब एक महिना पछिको हो ।

सियोलस्थित टेलिस्कोप निर्माता कम्पनीका प्रमुख कार्यकारी तथा क्युङ ही विश्वविद्यालयका विद्यावारिधि शोधार्थी एलिजा जियोंग–ह्युन किमको नेतृत्वमा गरिएको अध्ययन ‘साइन्टिफिक रिपोट्र्स’ जर्नलमा प्रकाशित भएको छ । चित्रमा घुमाउरा ताराहरू, अर्धचन्द्र, शुक्र ग्रह, गाउँ र साइप्रसका अग्ला रूख देखिन्छन् । किमका अनुसार जुलाई २२ आसपास चन्द्रमाको आकार चित्रसँग मिल्नुका साथै वृषभ तारामण्डलको हाइड्स तारा समूह शुक्र ग्रहसँगै पूर्वी आकाशमा उदाउने अवस्था थियो ।

मौसमसम्बन्धी तथ्याङ्कले पनि आकाश सफा रहेको हुन सक्ने देखाएको छ । उनले सन् २०१९ मा फ्रान्स पुगेर जुन र जुलाईको आकाश तुलना गरेकी थिइन् । यद्यपि, मेक्सिकोको राष्ट्रिय स्वायत्त विश्वविद्यालयका भौतिकशास्त्री जोस लुइस एरागोनले जुलाई २२ लाई निश्चित मिति मान्नुभन्दा चाखलाग्दो परिकल्पनाका रूपमा लिनुपर्ने बताएका छन् ।

उनका अनुसार चित्रमा देखाइएको चन्द्रमाको आकार जुनको मध्यतिरको आकाशसँग नमिल्नु लामो समयदेखिको पहेली हो । भ्यान गगले आश्रयस्थलको चित्रकक्षमा बसेर स्मृति र रेखाचित्रका आधारमा चित्र बनाउनुभएको हुनाले ‘द स्टारी नाइट’ मा विभिन्न रातका आकाशका दृश्य मिसिएका हुन सक्ने एरागोनको भनाइ छ ।

उनले भने वास्तविक आकाशको अवलोकनले चित्रलाई प्रेरित गरेको हुन सक्ने निष्कर्षलाई महत्त्वपूर्ण मानेका छन् । अनुसन्धानकर्ताहरूले भ्यान गग र उनका भाइहरूबीच आदानप्रदान भएका पत्रहरूको विश्लेषणका आधारमा उनलाई जुलाईको अन्त्यतिर अचानक स्वास्थ्य समस्या देखिएको हुन सक्ने बताएका छन् ।

पत्रमा उल्लेख गरिएका सिकाडा कीरासम्बन्धी सन्दर्भले पनि उक्त समय जुलाई महिना भएको सङ्केत गर्ने उनीहरूको भनाइ छ । लामो अनुसन्धान गरेकी किमले भने अहिलेसम्म न्युयोर्कस्थित आधुनिक कलाको सङ्ग्रहालयमा राखिएको ‘द स्टारी नाइट’ प्रत्यक्ष हेरेकी छैनन् । अनुसन्धानपत्र प्रकाशित भएपछि अब सङ्ग्रहालय पुगेर चित्र हेर्ने उनको इच्छा छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ५ : १३ बजे

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना