दोलखामा बस दुर्घटना : २ जनाको मृत्यु , ४ गम्भीर घाइते | Khabarhub Khabarhub

दोलखामा बस दुर्घटना : २ जनाको मृत्यु , ४ गम्भीर घाइते


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको बिगु गाउँपालिका–१ नयाँ रोडमा आज विहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका– ३ घर भएका ३८ वर्षी दिनेश थापा र लमजुङ मस्र्याङदी गाउँपालिका–३ का ४४ हिराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ । बसमा २५ जना सवार थिए ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिनो हाइड्रो कम्पनीले भाडामा लिएको रोल्वालिङ यातायातको बा ४ ख ४५७३ नम्बरकोे बस दुर्घटना भएको हो ।

मजदूर लिएर कार्यक्षेत्रमा जाँदै गर्दा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटनास्थबाट ३० मिटर तल खसेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ९ : ०८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग