दोलखामा बस दुर्घटना : २ जनाको मृत्यु , ४ गम्भीर घाइते | Khabarhub Khabarhub

दोलखामा बस दुर्घटना : २ जनाको मृत्यु , ४ गम्भीर घाइते


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको बिगु गाउँपालिका–१ नयाँ रोडमा आज विहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका– ३ घर भएका ३८ वर्षी दिनेश थापा र लमजुङ मस्र्याङदी गाउँपालिका–३ का ४४ हिराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको उपचारका लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइतेको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ । बसमा २५ जना सवार थिए ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सिनो हाइड्रो कम्पनीले भाडामा लिएको रोल्वालिङ यातायातको बा ४ ख ४५७३ नम्बरकोे बस दुर्घटना भएको हो ।

मजदूर लिएर कार्यक्षेत्रमा जाँदै गर्दा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटनास्थबाट ३० मिटर तल खसेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ९ : ०८ बजे

कृषिबाट आयआर्जन गर्दै महिला

राजविराज– सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा

एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

एजेन्सी – माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्नको

भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ

रौतहट – रौतहटस्थित आफ्नै भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि

 दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमुना परीक्षणपछि व्यावसायिक उत्खनन हुने

काठमाडौं– नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ । प्रधानमन्त्री केपी

राप्रपा नेपालको बैठक : कमल थापाको प्रतिवेदनमाथि छलफल 

काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ।