फ्राइडे रिलिज: तीन नयाँ फिल्मसहित हलमा ८ फिल्म « Khabarhub

फ्राइडे रिलिज: तीन नयाँ फिल्मसहित हलमा ८ फिल्म


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालभर एकसाथ तीन फिल्म रिलिज भएका छन् । आजदेखि नेपाली सिनेमा घरमा फिल्म ‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ प्रदर्शनमा आएका हुन् ।

यीमध्ये फिल्म ‘द म्यान फ्रम काठमाडौं’ मा लगानीका हिसाबले बढी लगानीको फिल्म हो । फिल्मलाई हलिउडको मार्केटमा पनि रिलिज गर्ने भनिएको छ । नेपालीसहित विदेशी कलाकारले समेत अभिनय गरेको यो फिल्ममा पेमा धोण्डुपको लेखन तथा निर्देशन रहेको छ ।

‘शो’ का हिसाबले यो फिल्मले काठमाडौंका मल्टिप्लेक्स हलमा बढी शो पाएको छ । फिल्ममा जोश मनुअल (हलिउड कलाकार), आना शर्मा, गुल्सन ग्रोबर (बलिउड कलाकार), हमिद शेख (पाकिस्तानी कलाकार), शिशिर वाङ्देल, अमिर गौतम, नीर शाह, विकास गुरुङ, कविता मानन्धर, मिथिला शर्मा, कर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्म युनिटले केही दिन पहिले मात्रै ललितपुरस्थित पाटन दरबार स्क्वायरमा प्रचारात्मक कार्यक्रम गरेको थियो ।

यस्तै आजै रिलिज हुने फिल्म ‘जानी नजानी’ लाई बसन्त अधिकारीले निर्देशन गरेका छन् । फिल्ममा प्रायः कलाकार नयाँ छन् । यही फिल्मबाट पुराना कलाकार विश्व बस्नेतकी छोरी निरिषा बस्नेतले डेब्यु गर्दैछिन् ।

‘लभ स्टोरी’ भनिएको यो फिल्ममा स्किृप्ट सामीप्यराज तिमिल्सिनाको छ । लभ स्टोरी मन पर्ने दर्शकलाई यो फिल्म मन पर्ने निर्माण टिमको भरोसा छ ।

चलचित्रमा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, रोशनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै आजैदेखि फिल्म ‘पुरानो बुलेट’ पनि प्रदर्शनमा आएको छ । अनुपविक्रम शाही र वर्षा शिवाकोटी स्टारर यो फिल्म पूर्वी नेपालको कुनै गाउँको कथालाई फिल्ममा उतारिएको छ ।

यद्यपि फिल्मले दर्शकमाझ उत्साहजनक हाइप बनाउन सकेको छैन । यो फिल्मलाई पत्रकारिता गर्दै आएका भिषण राईले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा अनुप र वर्षाका अलावा माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भरत लिम्बु, बादल श्रेष्ठ, टीकाराम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

नयाँ रिलिजसँगै केही सिनेमा हलमा अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ र चार हिन्दी फिल्म पनि चलिरहेका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १० : ३९ बजे

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर