न्यूजिल्याण्डको क्राइस्ट चर्चमा गोली चल्यो, २७ जनाको मृत्यु « Khabarhub

न्यूजिल्याण्डको क्राइस्ट चर्चमा गोली चल्यो, २७ जनाको मृत्यु


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डको क्राइस्ट चर्चको दुई मस्जिदमा भएको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ । गोलाबारीमा ३० जना भन्दा धेरैको हताहती भएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले जनाएका छन् ।

अल नूर मस्जिद क्राइस्ट चर्च डीन एवेन्यूमा हेगली पार्कको नजिक रहेको छ । प्रत्यक्षदर्शीहरुले अझै मस्जिद भित्र केही शव रहेको बताएपनि प्रहरीले भने यसको पुस्टि गरेको छैन ।

लगभग २० मिनेट चलेको गोलाबारीमा कम्तिमा ६० जना घाइते भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हमलावरले पहिला पुरुष प्रार्थना घरलाई निशाना बनाएका थिए र त्यसपछि महिलाको कोठामा प्रवेश गरेका थिए ।

न्यूजिल्याण्डका प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई हिरासतमा लिइएको छ । जसमध्ये तीन जना पुरुष र एक जना महिला रहेका छन् ।

प्रहरी अधिकारी माइक बुशका अनुसार कयौं परिचयपत्र बरामद गरिएको छ । यो एक सुनियोजिक हमला भएको र हमलाकारीले ठूलोमात्रामा हतियारको प्रयोग गरेको प्रहरी अनुमान रहेको छ ।

प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार गोलाबारीपछि मानिसहरु ज्यान बचाउनका लागि भागेका थिए । उनीहरुका अनुसार अल नूर मस्जिदमा रगतमा लतपतिएका कयौं मानिस जमिनमा लडेका थिए ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा आर्डनले देशको नाममा सन्देश जारी गर्दै हमलाको भत्सर्ना गरेका छन् । उनले आजको दिन न्यूजीलायाण्डको कालो दिन भएको बताएका छन् ।

घटना लगत्तै सबै स्कूल तथा अस्पताललाई बन्द गरिएको छ ।

अझै केही मानिस मस्जिद भित्र बन्द रहेको जनाइएको छ ।

बीबीसीका अनुसार गोलाबारीमा बंगालादेशको क्रिकेट टिमका खेलाडी सुरक्षित बच्न सफल भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ११ : १६ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)