न्यूजिल्याण्डको क्राइस्ट चर्चमा गोली चल्यो, २७ जनाको मृत्यु « Khabarhub

न्यूजिल्याण्डको क्राइस्ट चर्चमा गोली चल्यो, २७ जनाको मृत्यु


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डको क्राइस्ट चर्चको दुई मस्जिदमा भएको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ । गोलाबारीमा ३० जना भन्दा धेरैको हताहती भएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले जनाएका छन् ।

अल नूर मस्जिद क्राइस्ट चर्च डीन एवेन्यूमा हेगली पार्कको नजिक रहेको छ । प्रत्यक्षदर्शीहरुले अझै मस्जिद भित्र केही शव रहेको बताएपनि प्रहरीले भने यसको पुस्टि गरेको छैन ।

लगभग २० मिनेट चलेको गोलाबारीमा कम्तिमा ६० जना घाइते भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हमलावरले पहिला पुरुष प्रार्थना घरलाई निशाना बनाएका थिए र त्यसपछि महिलाको कोठामा प्रवेश गरेका थिए ।

न्यूजिल्याण्डका प्रहरी अधिकारीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई हिरासतमा लिइएको छ । जसमध्ये तीन जना पुरुष र एक जना महिला रहेका छन् ।

प्रहरी अधिकारी माइक बुशका अनुसार कयौं परिचयपत्र बरामद गरिएको छ । यो एक सुनियोजिक हमला भएको र हमलाकारीले ठूलोमात्रामा हतियारको प्रयोग गरेको प्रहरी अनुमान रहेको छ ।

प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार गोलाबारीपछि मानिसहरु ज्यान बचाउनका लागि भागेका थिए । उनीहरुका अनुसार अल नूर मस्जिदमा रगतमा लतपतिएका कयौं मानिस जमिनमा लडेका थिए ।

न्यूजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा आर्डनले देशको नाममा सन्देश जारी गर्दै हमलाको भत्सर्ना गरेका छन् । उनले आजको दिन न्यूजीलायाण्डको कालो दिन भएको बताएका छन् ।

घटना लगत्तै सबै स्कूल तथा अस्पताललाई बन्द गरिएको छ ।

अझै केही मानिस मस्जिद भित्र बन्द रहेको जनाइएको छ ।

बीबीसीका अनुसार गोलाबारीमा बंगालादेशको क्रिकेट टिमका खेलाडी सुरक्षित बच्न सफल भएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ११ : १६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु