नाजिर र शिल्पाको ‘कागजपत्र’ चल्ला ? « Khabarhub

नाजिर र शिल्पाको ‘कागजपत्र’ चल्ला ?


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका शिल्पा मास्केको दोस्रो फिल्म ‘कागजपत्र’ रिलिजको तयारीमा छ । फिल्मको गीत ‘माया संसार’ ले दर्शकको मन जितेको छ तर ट्रेलरले खासै कमाल गर्न सकेको छैन ।

फिल्मका निर्देशक अपिल विष्ट यो कथा नेपाली समाजको कथा भएको बताउँछन् । उनका अनुसार यो कथा त्यो नेपाली समाजको हो, जुन समाजमा पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने परेको छ । उनी भन्छन्, ‘छोराछोरीलाई विदेश जानुपर्ने दबाब पहिले घरबाट शुरु हुन्छ ।’

यसरी हेर्दा यो फिल्मले नेपालको हरेक ठाउँको कथालाई उठाएको छ । किनकि, अहिले नेपाली समाजले आफ्ना छोराछोरीलाई अस्ट्रेलिया, अमेरिका या युरोप पठाउन सक्यो भने ठूलो जीत भएको ठान्न थालेको छ ।

यसरी हेर्दा फिल्मले नेपाली समाजकै कथा उठाएकोमा त दुई मत छैन । तर, के फिल्म चल्ला ?

स्टारडमको कुरा गर्दा फिल्ममा खासै स्टार भ्यालु बनाएका कलाकार छैनन् । यद्यपि अभिनयको हिसाबले नाजिर हुसेनको पनि बाक्लै चर्चा हुने गर्छ । उनी फिल्म ‘कागजपत्र’ मा आफूले अरु फिल्मको तुलनामा फरक भूमिका निभाएको बताएका छन् ।

शिल्पा मास्केले अभिनय गरेको पहिलो फिल्म ‘ब्रेकअप’ ले आशा गरेजस्तो कमाइ गर्न नसके पनि शिल्पाको कामको भने मूल्याङ्कन गरिएको थियो । उनको अभिनयको तारिफ गरिएको थियो ।

यस अर्थमा फिल्ममा नाजिर र शिल्पाले पनि फिल्मप्रति दर्शकलाई आशा जगाउने प्रर्याप्त आधार छन् ।

अर्कातिर फिल्ममा अभिनयमा राम्रो भनिएका जीवन भट्टराई, भोलाराज सापकोटा, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतले पनि अभिनय गरेका छन् ।

फिल्मको कथा ‘ट्रेलर’ हेरेरै बुझिए पनि पूरा फिल्म हेर्न दर्शक हलसम्म आउलान् या नआउलान्, त्यसका लागि भने चैत्र ८ कुर्नैपर्ने हुन्छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १२ : १६ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल