पूर्वराजा ज्ञानेन्द्र जनुकपुरमा, ४ बजे जानकी मन्दिरमा पूजा गर्ने | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र जनुकपुरमा, ४ बजे जानकी मन्दिरमा पूजा गर्ने


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाह तीर्थाटनका लागि जनकपुर पुगेका छन् । उनले अपरान्ह ४ बजे जनकपुर मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको जनाएको छ ।

बिहीबार सर्लाहीको मलंगवास्थित दूर्गा भगवतीको मन्दिरमा दर्शन गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीय राजावादीले स्वागत गरेका थिए । उनको स्वागतको उल्लेख्य व्यक्ति उपस्थित भएका थिए ।

त्यस्तै ज्ञानेन्द्रको आज (बिहीबार) जनकपुरस्थित जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय भएको छ । पूर्वराजाले पूजाआजा गर्ने भएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । हिजो सर्लाहीका धेरै स्थानीयसँग छलफल गरेका राजाले आज जनकपुरमा केही बोल्ने हुन कि भन्ने अनुमान गरिएको स्थानीय सञ्चारकर्मीले बताएका छन् ।

त्यस्तै भोलि (शनिबार) पूर्वराजा ज्ञानेन्द्रको उदयपुर जाने कार्यक्रम छ । उनले उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिरको दर्शन गर्नेछन् । उनी उदयपुर जनकपुरबाटै जाने छन् । त्यस्तै आइतबार पूर्वराजा सप्तरीको चखडा भगवतीको दर्शन गर्न जाने कार्यक्रम रहेको छ ।

पूर्वराजा ३ दिनदेखि जनकपुरमा रहेका छन् । उनी जनकपुरस्थित सीताचरण होटलमा बसेका छन् । पूर्वराजा निजी सवारीमार्फत नै सर्लाही, उदयपुर र सप्तरी जाने कार्यक्रम छ ।

तराईमा सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमित, तराईलाई आधार बनाएर राजनीति गरिरहेको राजपाले सरकारलाई दिएको समर्थन र्फिता लिएको अवस्थामा पूर्वराजाको तराई भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनको यो भ्रमण तीर्थाटनमा मात्र सीमित नभएको धेरैको विश्लेषण छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १ : २८ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं