वैदेशिक रोजगारीमा जाने कामदारलाई वैशाखदेखि सीप अनिवार्य « Khabarhub

वैदेशिक रोजगारीमा जाने कामदारलाई वैशाखदेखि सीप अनिवार्य


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अगामी वैशाख महिनादेखि सीप अनिवार्य गर्ने भएको छ ।

अब वैदेशिक रोजगारीमा जाने कामदारले विदेशिनु अघि अनिवार्य तालिम लिनुपर्ने भएको छ । कुन र कस्तो काममा जाने हो, त्यो विषयमा तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र अन्तिम श्रम स्वीकृति वितरण गरिने वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले जनाएको छ ।  विदेशमा श्रम गर्न जानेले तीन देखि ६ मिहनाको तालिम लिएको हुनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

सरकारले वैदेशिक रोजगारी क्षेत्रका विकृति अन्त्य गदै नयाँ संरचना निर्माण गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन् ।

शुक्रवार वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले आयोजना गरेका एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारी पीडितलाई सरकारले स्थानीय तहबाट क्षतिपूर्ति दिने व्यवस्था गर्ने लागेको बताए ।

देशविदेशमा रहेका श्रमिकको विषयमा धेरै चिन्तित भएर काम गरिरहेको उनको भनाइ थियो । वैदेशिक रोजगार क्षेत्र भित्र व्यापक समस्या भएकाले समाधान गदै लैजाने उनले बताए ।

वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर घटाउनका लागि बोर्डले प्रयास गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । रोजगारमा कार्यरत कामदार विदेशमा कसरी ज्यान गुमाइरहेका छन् भने विषयमा अनुसन्धान भइरहेका उनको भनाइ छ ।

बोर्डको कार्यालय नयाँ बानेश्वरबाट बबरमलमा सरेको छ । आजदेखि बोर्डले बबरमलको शाही औषधी प्रालिबाट सेवा सुरु गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  २ : ४१ बजे

मलेसिया उड्न लागेका एनएसीका कर्मचारी ठूलो परिमाणमा विदेशी मुद्रासहित समातिए, २६ पटक गइसकेका थिए विदेश

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता