शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा « Khabarhub

शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको छ ।

नगरपालिकाबाटै प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी कामका लागि उद्योगी, व्यवसायी तथा करदातालाई दमौली पुग्नुपर्ने बाध्यता हटेको छ ।

यसअघि प्यान नम्बर लिन, कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न तथा करसम्बन्धी अन्य कामका लागि दमौलीस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने अवस्था थियो । नगरपालिकाबाटै सेवा लिन सकिने भएपछि सेवाग्राहीको समय र खर्च बचत हुने तथा करसम्बन्धी काम छिटोछरितो हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था गरेसँगै साना तथा मझौला व्यवसायी, नयाँ व्यवसाय सुरु गर्न चाहने व्यक्ति र नियमित रूपमा करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने करदातालाई सहज हुने भएको छ ।

नगर प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप प्यानसम्बन्धी सेवा सुरु गरिएको बताए । उनका अनुसार करसम्बन्धी सामान्य कामका लागि पनि सेवाग्राहीले अर्को ठाउँमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने प्रयास गरिएको हो ।

नगरपालिकाबाटै सेवा उपलब्ध हुँदा नागरिकले अनावश्यक समय र यातायात खर्च व्यहोर्नुपर्ने अवस्था कम हुने तथा सरकारी सेवा प्राप्त गर्न सहज हुने नगरपालिकाको अपेक्षा गरिएको पण्डितको भनाइ छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ७ : २४ बजे

शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

डडेलधुराको उग्रतारामा आज ‘दिउसेडी’ मेला लाग्दै

डडेलधुरा– सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक